ताजा अपडेट »

माओवादी केन्द्र मुसिकोटकोटको नगर अधिवेशन मंसिर १० मा

सोमबार, ०६ मंसिर २०७८, १६ : ५१
6 Shares

गुल्मी । नेकपा माओवादी केन्द्र गुल्मी मुसिकोटको नगर अधिवेशन मंसिर १० हुने भएको छ । सो पार्टीका जिल्ला समन्वय समितिका सचिवालय सदस्य तथा मुसिकोट नगर कमिटीका अध्यक्ष खुमबहादुर थापाले मुसिकोट–१ थामडाँडामा नगर कमिटीको अधिेशन हुने जानकारी दिए ।

माओवादी केन्द्रमा पहिलो पटक वडा अधिवेशनबाटै निर्वाचित भएर मात्र जिल्ला समन्वय समितिमा भिड्न पाईने व्यवस्था सुरु भएको छ । सोही अनुरुप मुसीकोटको अध्यक्षका लागि आंक्षीहरुको संख्या पनि करिब आधा दर्जन रहेका छन् ।

वर्तमान अध्यक्ष खुमबहादुर थापा, सचिव युवराज खरेल, सह–सचिव दुर्गा बिक, जिल्ला तहको नेतृत्वमा रहेका प्रेम बहादुर खड्कथोकी, ज्ञानेश्वर घिमिरे लगायतका नेताहरुले अध्यक्षमा आंक्षा व्यक्त गरेका छन् । पालिका कमिटीमा उपाध्यक्ष ३ जना र सचिव एक सहित ५ जना पदाधिकारी रहेने व्यवस्था छ । पदाधिकारी मध्येबाट जिल्ला समन्वय समितिमा आउने व्यवस्था रहेको छ । पार्टीका जिल्ला संगठन विभाग प्रमुख बुद्धि जिसीले अधिवेशनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।