१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

ढाका । बंगलादेशमा गएको करिब डेढ वर्षपछि पहिलो पटक कोरोनाबाट कुनै पनि नागरिकको मृत्यु नभएको बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ शनिबार कोरोना भाइरसको कारण कसैको मृत्यु भएन । यहाँका स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन् । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ सन् २०२० को अप्रिल ३ पछि पहिलो पटक शनिबार मात्र कोरोनाबाट मृत्यु नभएको हो ।

यहाँ सन् २०२० को मार्च १८ मा कोभिडका कारण पहिलो पटक तीन जनाको मृत्यु भएको थियो । त्यसयता यहाँ कोभिडबाट मृत्यु नभएको दिन थिएन । गत अप्रिल ३ मा पनि यहाँ यसबाट एकजनाको ज्यान गएको थियो । त्यसयता हरेक दिन नागरिकको मृत्यु भएको छ । तर पछिल्ला केही समयमा भने यहाँ कोरोनाको असर केही घटेको पाइएको छ ।

अधिकारीहरुले यहाँ ठूलो संख्याका नागरिकलाई खोप लगाइएको र बंगलादेशको सरकारले अपनाएको स्वास्थ्य मापदण्डका कारण यहाँ कोरोनाको प्रभाव घट्दै गएको हो । यहाँ पछिल्लो केही महिनामा यो भाइरसको संक्रमण हुने दर र मृत्यु दर पनि घटेको पाइएको छ । यहाँ शनिबार भन्दा अघिल्लो दिनसम्म पनि कोरोनाबाट मृत्यु त भएको छ र तर निकै थोरै संख्यामा र कुनै दिन एकजना मात्रको पनि कोभिडबाट निधन हुने गरेको छ । -सिन्ह्वा

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड