२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

काठमाडौं । केएल राहुल भारतीय टी-२० टीमको कप्तान बन्ने भएका छन् । भारतीय सञ्चार माध्यमहरूले राहुल टि-२० को कप्तान बन्ने र विराट कोहली टि–२० विश्वकपपछि कप्तान छोड्न समाचार दिइरहेका छन् । 

Advertisement

एएनआइले दिएको समाचार अनुसार रोहितले शर्मा पनि केही समय आराम गर्ने छन् । यहीँबीचमा केएल राहुल कप्तानी सम्हाल्ने दौडमा रहेको एएनआइले जनाएको छ । अहिले रोहित शर्मा टि-२० टोलीको कप्तानीमा सबैभन्दा अगाडि छन्, तर उनलाई पनि टि-२० विश्वकपपछि विश्राम दिइनेछ । राहुलले अष्ट्रेलियामा टि-२० र एकदिवसीय भ्रमणका क्रममा उपकप्तानको जिम्मेवारी राम्ररी निभाएकाले उनलाई कप्तान बनाउन लागिएको हो । ‘सिनियर खेलाडीहरूलाई आराम चाहिन्छ र यो कुनै गोप्य कुरा होइन । राहुल टीमको टि-२० प्रारूपको अभिन्न अंग हो । उसले नेतृत्व गर्न लगभग निश्चित छ,’ स्रोतले भन्यो । 

२०२१ को टि-२० विश्वकपपछि न्युजिल्यान्डले भारत भ्रमण गर्दैछ । जहाँ, दुई देशबीच तीन खेलको टि-२० अन्तर्राष्ट्रिय श्रृङ्खला र त्यसपछि दुई खेलको टेष्ट सिरिज हुनेछ । टि-२० सिरिजमा विराट कोहली, रोहित शर्मा, जसप्रित बुमराह र मोहम्मद शामीलगायत खेलाडीलाई विश्राम दिइनेछ । 

भारत र न्यूजिल्याण्डबीचको पहिलो खेल जयपुरमा १७ नोभेम्बरबाट सुरु हुँदैछ । दोस्रो खेल १९ नोभेम्बरमा राँचीमा हुनेछ भने तेस्रो र अन्तिम खेल २१ नोभेम्बरमा कोलकातामा हुनेछ । त्यस्तै, पहिलो टेस्ट २५ देखि २९ नोभेम्बरसम्म कानपुरमा र दोस्रो टेस्ट ३ देखि ७ डिसेम्बरसम्म मुम्बइमा खेलिनेछ । -एजेन्सी

प्रतिकृया दिनुहोस्

Flash News

नेपालमा एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या ६ गुणाले बढ्यो बुबाले जंगलमा छोडेकी १५ महिनाकी बच्चीको गयो ज्यान भारतीय पर्यटकमा कोरोना, नेपाल प्रवेश गर्न रोक नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट अपमानजनक शब्द राखी बनाइएका नागरिकता सच्याउन गृहमन्त्रालयको निर्देशन उपमेयरले ढुवानी नगर्दा चामल अभाव चौराहा-गोलपार्क सडकः भदौ मसान्तसम्म पिच गर्ने प्रतिबद्धता सरकारी मूल्याङ्कनमा कति छ दरबारमार्ग र न्यूरोडको जग्गाको भाऊ ? पार्टी बैठक सानेपामा मात्र गर्ने निर्णयबाट पछि हट्यो कांग्रेस, फेरि बालुवाटारमा बस्न थाले बैठक राष्ट्रियसभामा तीन प्रतिवेदन पेश थप ९३४ जनामा कोरोना, एकको मृत्यु फोहर व्यवस्थापन : सोचमा नै छ खोट बजेट भाषण अनुसार नै तलब वृद्धि हन्छ : अर्थमन्त्री शर्मा काँग्रेस नेताहरूकाे बैठकः सय सिट राखेर मात्र गठबन्धन गर्न सुझाव भोलि देशैभरका नासु बिदामा बस्ने पूर्व–पश्चिम लोकमार्गमा बस दुर्घटना, पाँच जना घाइते निर्मला प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप, अनुसन्धान जारी विश्वका लागि ताइवान किन यति महत्त्वपूर्ण छ ? गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि…