२ जेष्ठ २०७९, सोमबार

May 16, 2022

नेपाल र इराक भिड्दै

काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोटको पहिलो खेलमा आज (सोमबार) नेपालले  बलियो टिम इरानविरुद्ध प्रतिस्पर्धा गर्दै छ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले इरानको सामना गर्न लागेको हो ।

Advertisement

खेल  नेपाली समयअनुसार अपरान्ह ४ः४५ बजे सुरु हुनेछ ।फिफा बरियतामा एसियाको शीर्षस्थानमा रहेको इरानविरुद्ध मैदान उत्रिँदा नेपाल सुखद सुरुवात गर्ने योजनामा हुनेछ  । नेपाल कम्तिमा इरानलाई रोक्ने दाउमा हुनेछ । खेलअघि प्रशिक्षक बालगोपाल महर्जन र कप्तान अर्पण कार्कीले राम्रो नतिजाको लागि खेल्ने बताएका छन् ।

पछिल्लो दुई संस्करणमा नेपालको प्रदर्शन यस प्रतियोगितामा राम्रो हुन सकेको छैन । खेलेका ६ खेलमा हार ब्यहोरेको नेपालले कुनै पनि गोल गर्न सकेको छैन ।यसपटक राष्ट्रिय टोलीका नियमित ६ र बाँकी पाँच खेलाडी बोकेर ताजकिस्तान उडेको नेपाली टोली उच्च मनोबलकासाथ इरानबिरुद्ध खेल्दै छ । 

नेपालले यू–२३ एसियन कप छनोटमा इरानसँग दोस्रो पटक खेल्न लागेको हो । यसअघि नेपालले सन् २०१५ मा इरानसँग उसैको घरेलु मैदानमा खेलेको थियो । त्यस खेलमा इरानले नेपाललाई ५–० ले पराजित गरेको थियो ।  

नेपालको  समूह ‘बी’को दोस्रो प्रतिद्वन्द्वी हो आयोजक ताजकिस्तान । फिफा बरियतामा ११८औँ स्थानमा रहेको ताजकिस्तानसँग नेपालले ११ गते खेल्नेछ ।यस्तै, तेस्रो प्रतिद्वन्द्वी लेवनानसँग नेपालले १४ गते खेल्नेछ । समूह बिजेता फाइनल चरण छनोट हुनेछ ।

नेपाली २३ टोली :

गोलरक्षक– अर्पण कार्की (कप्तान), विशाल सुनार, अभिषेक बराल

डिफेण्डर– सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दीप पौडेल, शिव गुरुङ, अनिल महर्जन, अभिषेक लिम्बू

मिडफिल्डर– नितिन थापा, सुरजजिउ ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी, आकाश बुढामगर, रोशन पहाडी, एरिक बिष्ट

स्ट्राइकर– ऋतिककुमार खड्का, मनीष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, राजिव लोप्चन

प्रतिकृया दिनुहोस्

Flash News

२२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा बुटवलमा खेलराज पाण्डेय बाबुराम भट्टराई भन्दा २१६३ मतले अघि छत्रदेव गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जित्यो कतै १ भोट, कतै शून्य तिलोत्तमामा चापागाईँ खाँण भन्दा ८ मतले अघि चुनाव चिन्ह दाङमा दुई पालिकाका र ३९ वडाको नतिजा सार्वजनिक भक्तपुरमा नेमकिपाको ‘क्लिन स्विप’ विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर मृत्यु हुनेको सनाखत एमालेले सत्ता गठबन्धनमाथि लगाएको आरोपप्रति कांग्रेसको आपत्ति, ‘नतिजाले एमाले अत्तालियो’ भारतीय प्रधानमन्त्री माेदीकाे भ्रमणले लुम्बिनी क्षेत्रका बजार बन्द देउवा र मोदीद्वारा संयुक्त रुपमा ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’ को शिलान्यास शुद्धोधन गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका अधिकारी विजयी विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु स्थापितभन्दा बालेन २८७५ मतले अगाडि गोरखामा एमाले उम्मेदवार १ मतअन्तरले विजयी भएपछि तनाव, सर्वदलीय बैठक बस्दै लुम्बिनी आएर भारतीय प्रधानमन्त्री मोदीले भने– न्यानो स्वागतको लागि धन्यवाद प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले मायादेवी मन्दिरमा एकसाथ गरे प्रार्थना भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा, देउवाले गरे स्वागत