२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

गुल्मी । गुल्मी जिल्लामा सराय नाँचमा प्रतिबन्ध लगाइने भएको छ । जिल्लामा दशैंको टिकाको दिनदेखि पुर्णिमाको दिनसम्म सराय नाँच देखाउने गरिन्छ ।

बिहीबार जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बैठकले जारी निषेधाज्ञालाई कायमै राख्दै दशैंको अबसरमा गरिने सराय नाँचलाई पनि गर्न नहुने सूचिमा राखिएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए । तरवार नचाएर एक आपसमा खुसी साटासाट गर्ने साराय नाच गुल्मी जिल्ला लगायत आसपासका क्षेत्रहरुमा मान्ने प्रचलन रही आएको छ ।

Advertisement

प्रशासनले सूचना जारी गर्दै यस अघि जारी गरिएको निषेधाज्ञालाई कायमै गर्दै सराय नाच गर्न नपाईने थप गरेको हो । गुल्मी जिल्लाका अर्जै, अम्मरपुर, इस्मामैदान, धुर्कोट, उजुङ्गकोट, जोगिथुम, ताल्तुङ्ग, धागिथुम, चोयगा, चन्द्रकोट लगायतका स्थानमा मुख्य गरि साराय नाच हुने स्थान हुन् ।

पञ्चेबाजा सहित मन्दिरमा चढाएका खुकुरी र खुँडा नचाई एकआपसमा जोडिएर साराय नाच खेलिने गरिन्छ । सराय नाच दशैंका बेला पश्चिम नेपालका केहि भागमा गरिने पुरानो सँस्कृति सहित मनोरञ्जनात्मक नाच हो ।

जिल्लामा कोरोना संक्रमणको जोखिम कायमै रहेको छ । हाल जिल्लामा दोस्रो लहरको कोरोना संक्रमणका कारण ९७ जनाको मृत्यु भएको छ । अहिले जिल्लामा ४५९ जना सक्रिया संक्रमित रहेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’ नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै  इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर बुटवलमा करोडौँ मूल्य पर्ने २६ कठ्ठा सरकारी जग्गा किनबेच लागुऔषधसहित ५ जना पक्राउ हत्या आराेपमा एकजना पक्राउ