१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023

काठमाडौँ । नेपालमा पहिलो पटक मातृमृत्यु दर बारे अध्ययन गर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय जनगणना–२०७८ मार्फत पहिलो पटक मातृमृत्यु दर बारे अध्ययन गर्न थालेको हो । मन्त्रालयले मातृ मृत्युदर निर्धारण गर्ने र मृत्युको कारण पहिचान गरी सुरक्षित मातृत्व सेवालाई सुदृढ गर्ने उद्देश्यका साथ जनगणनासँगै मातृमृत्यु दर बारे अध्ययन गर्न थालेको छ ।

Advertisement

मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेलले प्रजनन उमेर समूहका महिलाको मातृ मृत्यु दर पत्ता लगाउन र सुरक्षित मातृत्व सेवालाई गुणस्तरीय, सर्वसुलभ तथा पहुचयोग्य बनाउनका लागि अध्ययन गर्न थालिएको जानकारी दिए । उनले मातृ मृत्यु दरको अध्ययनका लागि अहिले स्वास्थ्यकर्मीलाई तालिम दिन थालिएको बताए । अध्ययन गर्नका लागि स्वास्थ्यकर्मीलाई यही असोज ४ गतेदेखि कात्तिक १० गतेसम्म सङ्घीय, प्रादेशिक र जिल्लास्तरमा प्रशिक्षक प्रशिक्षण र मौखिक परीक्षण गर्ने स्वास्थ्यकर्मीलाई अभिमुखीकरण तालिम दिइन थालिएको छ । उनले जनगणनाबाट प्रतिवेदन तयार पारिने र सोही प्रतिवेदन अनुसार मातृ मृत्यु रोकथामका लागि कार्यक्रम सञ्चालन गरिने बताए ।

मन्त्रालय र केन्द्रीय तथ्याङ्क विभागको सहकार्यमा हुन लागेको यो अध्ययनमा जनगणनाका गणकले कुनै घरपरिवारमा गत १२ महिनामा १५ देखि ४९ वर्षको महिलाको मृत्यु भए नभएको यकिन गर्नेछन् । नेपालमा नै पहिलो पटक गर्न थालिएको अध्ययनमा पहिलो चरणमा जनगणना गर्दा मातृ मृत्युदर भएका सङ्ख्या पत्ता लगाउने र त्यसपछि ती पत्ता लगाइएका मातृ मृत्युको कारण पत्ता लगाउन पुनः दोस्रो चरणमा सम्पूर्ण विवरण लिइने छ ।

महिला गर्भवती, प्रसूति, सुत्केरी भएको छ हप्ताभित्र र अन्य अवस्थामा भएको मातृमृत्यु दरको अध्ययन गरिने छ । कात्तिक २५ देखि मङ्सिर ९ सम्म (१५ दिन) मातृ मृत्यु भएको घरपरिवारको पहिचान गर्ने र त्यसपछि कात्तिक २६ देखि मङ्सिर मसान्तसम्म ती मातृ मृत्युदर के कसरी भयो भनेर मौखिक परीक्षण प्रश्नावली गरिने छ ।

अध्ययनका लागि ८४७ जना सर्वेक्षक परिचालन गरिने छ । महानगरपालिकामा चार, उपमहानगरपालिकामा तीन र नगरपालिका तथा गाउँपालिकामा एक÷एक स्वास्थ्यकर्मी खटिने छन् । नेपालमा सन् २०१६ को मातृ मृत्यु अनुपात २३९ रहेकोमा दिगो विकास लक्ष्य अनुरुप सन् २०३० मा ७० मा झार्ने लक्ष्य लिइएको छ । प्रजनन उमेर समूहका महिलाको मृत्युमध्ये १२ प्रतिशत मातृ मृत्यु रहेको पाइन्छ । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

आम्दा अस्पतालको स्तरवृद्धिको समझदारी गर्न बुटवलको टोली जापान प्रस्थान बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट अर्घाखाँचीको शितगंगा–५ जुकेनामा बिपि स्मृति भवन बन्ने धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो घट्यो सुनको मूल्य, चाँदीकाे बढयाे