५ कार्तिक २०७८, शुक्रबार

Oct 22, 2021

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले भारतद्वारा अतिक्रमित दार्चुलाको व्यास गाउँपालिका-१ स्थित कालापानी क्षेत्रमा जनगणना गर्न माग गरेको छ ।

Advertisement

नेकपा एकीकृत समाजवादीको भातृ संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बुधबार विज्ञप्ति जारी गरेर कालापानी, लिपुलेक वरीपरीको क्षेत्रमा जनगणना गर्न सुपरीवेक्षक नपठाएको खबरप्रति ध्यानाकर्षण जनाउँदै तत्काल वैकल्पिक व्यवस्थाबाट जनगणना गर्न माग गरेका हुन् ।

विस २०१८ मा नाभी, कुटी र गुन्जीको जनगणना नेपाल सरकारले गरेको स्मरण गराउँदै कुटनीतिक पहल गरी सुपरीवेक्षक खटाउन माग गरिएको छ । जनगणना गर्न भारतको बाटो भएर जानुपर्ने र यसका लागि पर्याप्त सुरक्षा चुनौती भएकोले सरकारले तत्काल द्विपक्षीय कुटनीतिक वार्तामार्फत समस्याको समाधान गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

‘जनगणना गर्न भारतीय बाटो भएर वा नेपालकै हवाई मार्ग प्रयोग गर्नेगरी नेपाली बस्ती र नेपाली नागरिकको सूचिकरण गर्न जनगणना सुपरीक्षक पठाउन परराष्ट्र मन्त्रालयसँग जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । यी क्षेत्रमा जनगणना नगरिएमा अनेरास्ववियू संघर्षका कार्यक्रम गर्न बाध्य हुने चेतावनी पनि दिइएको छ ।

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

मन मोतीपुर घटनामा मारिएकालाई क्षतिपूर्तिको माग आफ्ना र पहुँचवाला सञ्चार गृहलाई मात्रै बजेट वितरण गरेकोप्रति प्रकाशन समाजद्वारा लुम्बिनी प्रदेश सरकारलाई ध्यानाकर्षण किसानको आँशु रोक, पीडामा मल्हम लगाऊ नेपालकै तेस्रो ठूलो विद्युत सवस्टेशनको परीक्षण सफल रुपन्देहीमा लाखौँको अबैध काठ बरामद चितवन घटनाले उब्जिएका प्रश्नहरु अदालती मिलापत्रमा विश्वास घट्यो कोभिडबाट १ लाख २० हजार स्वास्थ्यकर्मीको मृत्यु रामपुरको छाङ्दी झरनामा पर्यटकको आकर्षण सडक विस्तारः तनहुँ खण्डमा सात हजार रुख काटिने माटाका भाँडा बनाउने कुमालेलाई भ्याइनभ्याइ स्वास्थ्यकर्मीलाई कोभिडको खोप उपलब्ध गराउन विश्व स्वास्थ्य सगठनको आग्रह लयमा फर्किँदै बागलुङका पर्यटन व्यवसाय जुवाखालबाट पक्राउ परेका वडाअध्यक्ष छुटे दसैं सकियो, गाउँ रित्तियो विकास आयोजनाको प्राविधिक परीक्षणमा कर्मचारी र बजेटको अभाव चीनले आक्रमण गरे ताइवानको रक्षा गछौंः अमेरिका बाढीपहिरो पीडितका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्छौँः प्रधानमन्त्री देउवा मकालु बेसक्याम्प घुम्न गएका एक युवकको मृत्यु, तीन दिनपछि सार्वजनिक