ताजा अपडेट »

लुम्बिनीकाे बर्दियामा डुबेर एक जनाकाे मृत्यु, बेपत्ता एककाे खाेजी जारी

मंगलबार, १९ असोज २०७८, १० : ४८
6 Shares

बर्दिया । बर्दियाको बबई नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । अर्का एक व्यक्ति बेपत्ता भएका छन् ।बाग्लुङ घर भएका हुकुम विकको सोमबार डुबेर मृत्यु भएको हो ।

बारबर्दियाका लेखनाथ पौडेल नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिएका छन् ।बेपत्ता पौडेलको खोजी गर्न बबई नदी तटिय क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । उनको खोजीमा नदी तटीय क्षेत्रका बासिन्दा समेत जुटेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।