ताजा अपडेट »

काङ्ग्रेस शुद्धोधनको सभापतिमा दामोदर पौडेल बिजयी

आइतबार, १० असोज २०७८, ०८ : ५९
6 Shares

बुटवल । नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तर्गत नगर तथा गाउँ अधिबेशन विभिन्न पालिकाहरुमा सम्पन्न भएका छन। रुपन्देहीको शुद्धोधन गाउँपालिकामा दामोदर पौडेल सभापतीमा ८२ मत प्राप्त गर्दै निर्वाचित भएका छन।सभापतिका अर्का दुई प्रत्यासी पल्टन चौधरी र मञ्जीत यादब क्रमशः २१ र २३ मत प्राप्त गर्दै पराजित भएका छन।

उपसभापतिमा ठागे प्रसाद चौधरी १०१ मत र जंग बहादुर यादब ८८ मत प्राप्त गर्दै विजय भएका छन। उपसभापतिमा प्रत्यासि सुकई प्रसाद थारु २८ र बलराम कडेल २३ मत प्राप्त गर्दा उनिहरु पराजित भए । सचीवमा निर्विरोध रुपमा इन्द्र क्षेत्री र आकाश सुवेदी चयन भएका छन।

यस्तै सह- सचीबमा प्रह्लाद केवट ८५ र राम प्रसाद खनाल ८१ मत प्राप्त गर्दै विजय भएका छन भने मीन बहादुर गुरुङ ४९ मत प्राप्तगर्दा पराजित भए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।