११ माघ २०७८, मंगलवार

Jan 25, 2022

एक दिनका लागि मोरङको बूढीगंगा गाउँपालिकाको अध्यक्ष बन्न लागेकी १६ वर्षीया सुस्मिता ऋषिदेव ।

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकाकी १६ वर्षीया बालिकालाई आज (मंगलबार) एक दिनका लागि गाउँपालिका अध्यक्ष बनाइने भएको छ। उनलाई ५७ औँ राष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर १६ वर्षीया सुस्मिता ऋषिदेवलाई गाउँपालिका प्रमुख बनाइने भएको हो। आर्थिक र प्रशासनिकबाहेक गाउँपालिका प्रमुखले गर्ने सबै काम उनले गर्नेछिन्। 

Advertisement

स्थानीय सरकार र सरकारले गर्ने काम कारबाहीका बारेमा बालबालिकालाई जानकारी गराउने उद्देश्यले १६ वर्षीया बालिकालाई एक दिने गाउँपालिका प्रमुख बनाउन लागिएको राष्ट्रिय बालअधिकार परिषद् प्रदेश १ का समन्वय अधिकृत सुमन अधिकारीले बताए। उनका अनुसार बालबालिकामा नेतृत्व विकासको अभ्यास गराउन एवं राष्ट्रिय बाल दिवसलाई नेपालमा नै फरक र नवीन रूपमा मनाउन गाउँपालिकाको नेतृत्वमा बालबालिका भन्ने कार्यक्रम गर्न लागिएको जानकारी उनले दिए। 

अधिकारीका अनुसार नेपालको संविधानले व्यवस्था गरेको स्थानीय तहको सरकारले उठान, व्यवस्थापन एवं सम्बोधन गर्ने बालबालिकाका विषय र स्थानीय तह तथा नेतृत्वका सवालमा बालबालिकाको बुझाईलाई यस कार्यक्रमले प्रष्ट पार्ने अपेक्षा गरिएको छ। उनले गाउँपालिका अध्यक्षको भूमिकामा बालबालिकालाई राखेर अनुभव आदानप्रदान गर्ने महत्वपूर्ण मञ्चको रूपमा ‘गाउँपालिकाको नेतृत्वमा बालबालिका’ भन्ने  कार्यक्रम गर्न लागिएको बताए। 

गाउँ कार्यपालिकाको सोमबार बसेको बैठकले राष्ट्रिय बालदिवसका दिन गाउँपालिकाभित्र बसोबास गर्ने एक बालिकालाई आर्थिक र प्रशासनिक अधिकारबाहेक सांकेतिक रूपमा गाउँपालिकाको अध्यक्ष बनाउने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार मंगलबार बिहान १० बजे गाउँपालिका अध्यक्षबाटै सुस्मिता अध्यक्षमा छनोट हुनेछिन्। 

गाउँपालिका अध्यक्षको जिम्मेवारी प्रदान गरिएको प्रमाणपत्र दिएर उनलाई अध्यक्षको पदभार ग्रहण गराइने कार्यक्रम छ। अधिकारीले भने उनले भने, ‘पदभार ग्रहणपछि गाउँकार्यपालिकाको बैठक राख्ने र प्रमुख प्रशासकीय अधिकृतको सहजीकरणमा बालबालिका सम्बन्धी केही निर्णय गरिने छ।’

कार्यपालिकाको बैठकपछि नजिकको एक विद्यालय र एक स्वास्थ्य चौकीको अनुगमन गर्ने कार्यक्रम छ। अनुगमनपछि गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधिहरु समेतको उपस्थितिमा छलफल एवं अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने छ। कार्यपालिकाको बैठक सञ्चालन र धन्यवादसहित बूढीगंगा गाउँपालिकाका निर्वाचित अध्यक्ष बालचन्द्र माझीलाई बालिकाले जिम्मेवारी हस्तान्तरण गर्ने अधिकारीले बताए। कार्यक्रमको सहजीकरण राष्ट्रिय बालअधिकार परिषद्ले र  व्यवस्थापन तथा समन्वय बाल हेल्पलाइन मोरङ एवं प्रदेश बालबालिका खोजतलास तथा संरक्षण केन्द्रले गर्ने अधिकारीको भनाइ छ। 

बालबालिकाको क्षमता एवं नेतृत्व विकासमा यस्ता कार्यक्रम महत्वपूर्ण हुने गाउँपालिका अध्यक्ष माझीले बताए। बालबालिकाले स्थानीय तहलाई कसरी लिएका छन् र कसरी बुझेका रहेछन् भन्ने बारेमा पनि कार्यक्रमबाट प्रष्ट हुने उनको भनाइ छ। यस्ता कार्यक्रमलाई देशव्यापी बनाउन आवश्यक रहेको माझीले बताए। अन्नपूर्ण पाेष्टबाट

प्रतिकृया दिनुहोस्

Flash News

भोलि हुने राष्ट्रियसभा निर्वाचनको तयारी पूरा क्यामरुनको रंगशालामा भागदौड हुँदा ६ जनाको मृत्या राष्ट्रियसभा निर्वाचन सुरक्षाकाे जिम्मा प्रदेश प्रहरीलाई काठमाडौंमा सिटामोलको अभाव छ, यसमा पनि नाफाखोरीको तारतम्य छ ? कोरोनाको नाममा आफूखुसी कार्यालय अनुपस्थित, स्वीकृती लिएरमात्र बस्न निर्देशन जिल्ला भित्रने सबैलाई खोप कार्ड अनिवार्य मूल्यवृद्धिको बिरोधमा विप्लव नेकपाको प्रदर्शन प्रहरीको मोटरसाइकल लिएर फरार कैदी नाइके पक्राउ कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति : ५६ तोला सुन, ठाउँ-ठाउँमा जग्गा दाङमा अतिरिक्त खोप लगाउन सुरु, सिरिन्ज अभाव व्यवसायीलाई हतोत्साहित नबनाऔं सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने बढ्यो संक्रमण, छैन सर्तकता राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा कुन दलको कस्तो अवस्था ? नेपालमा एक लाख ६८ हजारले लगाए बुस्टर डोज, अझै एक करोड खोप मौज्दात १६ पुसदेखि हराइरहेकी महिलाको शव घरभित्रै फेला सुस्ता गाउँपालिकाद्वारा ६१ करोडको बजेट प्रस्तुत बिपी प्रतिष्ठान सम्हाल्न आइपुगे यादव, आन्दोलनरत पक्षकाे स्वागत, कर्मचारीकाे विरोध नालामा फसेर गैंडा मरेको विषयमा अनुसन्धान गर्न सहायक वार्डेनलाई जिम्मा जिल्ला प्रशासन रसुवाका ९० प्रतिशत कर्मचारीलाई कोरोना, शुक्रबारसम्म सेवा बन्द