ताजा अपडेट »

४४ वर्षपछि बेलायतलाई यूएस ओपनको उपाधि

आइतबार, २७ भदौ २०७८, ०८ : ५२
8 Shares

काठमाण्डाै । बेलायतकी १८ वर्षीया एम्मा राडुकानुले यूएस ओपन टेनिसको उपाधि जितेकी छिन् ।फाइनलमा १९ वर्षीया क्यानेडियन खेलाडी लेला फर्नान्डेजलाई ६–४ र ६–३ को सेटमा पराजित भइन्। कुनै पनि ग्रान्डस्लाममा पुग्ने पहिलो बेलायती खेलाडी बनेकी राडुकानुले पहिलो ग्रान्डस्लामको उपाधि जितेकी हुन् ।

बेलायतले पछिल्लो ४४ वर्षमा महिला ग्रान्डस्लाम जितेको हो । यसअघि सन् १९७७ मा बेलायतकी खेलाडी भर्जिनिया बेडले यूएस ओपनको महिला एकल तर्फको ग्रान्डस्लाम जितेकी थिइन् । राडुकानुले उपाधिसँगै हरेक खेलमा जित निकालेका कारण खेलको बोनस पनि १८ लाख पाउण्ड पुरस्कार प्राप्त गर्ने छिन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।