१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

बुटवल । एमसीसी विरुद्ध नाराबाजी भएपछि दुईदिन अघि विज्ञप्ति निकालेर कडा कारबाही गर्ने चेतावनी दिएको गृह मन्त्रालयले आइतबार पुनः अर्को विज्ञप्ति जारी गरेको छ । गृहमन्त्रालयले एक विपप्ति जारी गर्दै छिमेकी राष्ट्रको प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी विरोध नगर्न आग्रह गरेको हो ।

Advertisement

महाकाली नदीमा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काटिदिएपछि नेपाली नागरिक जयसिंह धामी वेपत्ता भएको भन्दै छानविन र दोषिमाथि कारबाहीको माग र्दै विरोध प्रदर्शन भएपछि गृहमन्त्रालयले विप्ति निकालेको हो । नेपाल तथा नेपाली नागरिक माथि भारतीय दमनको विरोध गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको पुत्ला जलाइएपछि गृहमन्त्रालयले यसप्रकारका क्रियाकलाप नगर्न आग्र भनेको छ ।

गृह मन्त्रालयका सहसचिव फणिन्द्र पोखरेलद्वारा आइतबार जारी गरिएको विप्तिमा लेखिएको छ–‘ विगत केही दिनयता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधि प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’ गृहमन्त्रालयले भनेको छ ‘यस्ता उच्छृङ्खल र निन्दनीय गतिविधिप्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ ।’

महाकाली नदीमा वेपत्ता जयसिंह धामिको बारेमा छानविन गर्न बनेको समितिले समेत भारतीय सीमा सुक्षा बल एसएसबीको उपस्थितीमै तुइन काटिएको कुरालाई प्रतिवेदनमा उल्लेख गरी सरकारलाई बुझाएको छ । छानविन प्रतिवेदन प्राप्त गरिसकेको सरकारले दोषिउपर छानविन तथा कारबाहीका लागि पहल नगरेको भन्दै विरोध हुन थालेपछि सरकारले विरोधका कार्यक्रम रोक्न विज्ञप्ति निकालेको छ ।

गृहमन्त्रालयले शुक्रबार जारी गरेको विप्तिमा समेत मित्रराष्ट्रहरु विरुद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न भई कानून हातमा लिनेलाई कारवाही गरिने व्यहोरा जानकारी गराइएको थियो ।

‘विकास आयोजना कार्यान्वयनमा असुरक्षा महसुस हुने तथा मित्रराष्ट्रहरूको सम्बन्धमा नै आँच आउने कुनै पनि गतिबिधि नगर्न नगराउन मन्त्रालय अनुरोध गर्दछ । त्यस्ता अभिव्यक्ति र गतिबिधिको मन्त्रालयले सूक्ष्म रूपमा निगरानी राख्ने, विश्लेषण गर्ने र त्यस्ता गतिबिधि गर्ने उपर प्रचलित कानुन बमोजिम कडा कारबाही समेत गरिने व्यहोरा सबैमा जानकारी गराइन्छ ।’ सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सरकारले विज्ञप्ति निकाल्नु अघि एमसीसीको बारेमा चौतर्फी बिरोध हुनुका साथै सञ्चार माध्यमहरुमा समेत यस विषयमा कुरा उठाइएको थियो । सोही विषयलाई लिएर गृहमन्त्रालयले धम्किपूर्ण रुपमा विज्ञप्ति निकालेको भन्दै चासो व्यक्त गरिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनि वीक-२०२३’ प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै भाटभटेनीेमा वीरगंजवासीको उत्साहजनक सहभागिता, शुभारम्भका छुट यथावत ( भिडियोसहित) कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै