१४ चैत्र २०७९, मंगलवार

Mar 28, 2023

बुटवल । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले बुटवल उपमहानगरपालिकामा दर्ता प्रक्रियामा नआउने विद्युतीय रिक्सा (ई–रिक्सा) कारवाहीको प्रक्रिया अगाडि बढाउन ट्राफिक प्रहरीलाई आग्रह गरेको छ । संगठनले शुक्रबार लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक (एसपी) योगेन्द्र सिंह थापालाई ध्यानाकर्षण पत्र बुझाउँदै अटो रिक्साको अविलम्ब व्यवस्थापन गरी बुटवललाई स्वच्छ र दुर्घटनारहित बनाउन आग्रह गरेको हो ।

Advertisement

ज्ञापनपत्र बुझाउँदै संगठनका प्रदेश अध्यक्ष कृष्ण कंडेलले बुटवल शहरलाई स्वच्छ र दुर्घटना रहित बुटवल बनाउनको लागि आफूहरू कार्यविधि अनुसार नचलेका रिक्सालाई नियमन गरी कारवाही गर्न आग्रह गरिएको बताए । ई–रिक्सालाई उपमहानगरमा दर्ता गराउन मजदुर संगठनले सार्थक पहल गरेको थियो ।

कंडेलले उपमहानगरपालिकाको निर्णण र विधि विपरीत सञ्चालनमा आएका ई–रिक्साका कारण दुर्घटना बढ्दै जाने र ट्राफिक व्यवस्थापमा समेत बाधा पर्ने हुँदा त्यस्ता रिक्सालाई कारवाही गर्ने प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको बताए । बुटवल उपमहानगरपालिकाले जारी गरेको सूचना र त्यसको अवधिमा कागजातसहित आवेदन दर्ता गराएका एक हजार १८ वटा विद्युतीय ई–रिक्साहरुको ब्लुबुक तयार पार्ने र इजाजतका लागि अरु नियामक निकायमा सिफारिस गरिएको छ ।

उपमहानगरमा दर्ता भएका, ब्लुबुक तयार भएका १ हजार १८ वटा मात्रै ई–रिक्सा चल्न पाउने छन् । १ हजार ८ सय भन्दा बढी अटो रिक्सा सञ्चालनमा रहेको अनुमान छ । ज्ञापनपत्र बुझदै एसपी थापाले उपमहानगरपालिकाले नियमनमा नआएका रिक्सालाई कारवाहीको लागि पत्राचार गरे आफूहरू निश्चित समय तय गरी कारवाही गर्न तयार रहेको बताए ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य ठाकुर गैरेले आफूहरूको पहलको सुनुवाई नभए संगठन बाध्य भएर आन्दोलनमा जानुपर्ने अवस्था आउने बताए । २०७२ मा भएको नाकाबन्दीको समयमा बुटवलमा अटो रिक्सा भित्रिएका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान घट्यो सुनकाे भाउ नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने एमाले एक्लनु षडयन्त्रको शिकार कि नेतृत्वको कमजोरी ? प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल खुलामञ्च निषेधित क्षेत्र होइन, खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति कृषि विकास बैंकको आज लाभांश प्रस्ताव पारित हुँदै साथीले चलाएको बन्दुक पडकिदा गुरुङको मृत्यु बैंकको रकम लुटेको आरोपमा पक्राउ तीन जनालाई डाँका मुद्धा राज्यको लगानी बालुवामा पानी : आफ्नो भवन छाडेर भाडाको घरबाट सेवा थ्री नेसन्स कप : नेपाल र भुटान भिड्दै