१४ चैत्र २०७९, मंगलवार

Mar 28, 2023

बुटवल । सत्तारुढ दल नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनअन्तर्गत भोलिदेखि वडा अधिवेशन प्रारम्भ हुँदैछ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडाहरुमा भोलिदेखि अधिवेशन हुन लागेको जनाएको छ । समितिले सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतलाई समेत खटाईसकेको छ ।

Advertisement

यसैबीच नेपाली कांग्रेस रुपन्देही भोलि हुने वडा अधिवेशनको तयारी जुटेको छ । कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले जिल्लाका १५५ वटा वडामा हुने अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । केन्द्रले पठाएका जिल्ला मुख्य निर्वाचन अधिकृत भेषराज घिमिरे आवश्यक सामग्रीसहित बुधबार नै रुपन्देही आईसकेका छन् ।

खाँणले वडा अधिवेशनका लागि आवश्यक प्रशिक्षण र सहजीकरण गरी सबै वडामा निर्वाचन अधिकृत खटाईसकेको बताए । उनले सर्वसम्मत नेतृत्व चयनको लागी अधिकतम प्रर्यत्न गर्ने र वडा तहमा खटिने निर्वाचनकर्मीहरु सहयोग गर्न आग्रह गरेका छन् । साथै, अधिवेशन एउटा पर्व रहेको भन्दै सबैलाइ सक्रिय रुपमा सहभागी हुन समेत आग्रह गरे ।

अधिकांश वडामा सर्वसम्मत अधिवेशन हुने र केही वडामा निर्वाचनबाट अधिवेशन टुंगिने अनुमान गरिएको उनले बताए । रुपन्देहीमा पुराना नवीकरण भएका ११ हजार र नयाँ थप भएका ११ हजार गरि करिब २२ हजार क्रियाशील सदस्य रहेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान घट्यो सुनकाे भाउ नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने एमाले एक्लनु षडयन्त्रको शिकार कि नेतृत्वको कमजोरी ? प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल खुलामञ्च निषेधित क्षेत्र होइन, खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति कृषि विकास बैंकको आज लाभांश प्रस्ताव पारित हुँदै साथीले चलाएको बन्दुक पडकिदा गुरुङको मृत्यु बैंकको रकम लुटेको आरोपमा पक्राउ तीन जनालाई डाँका मुद्धा