१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023

कर्णाली । गत साउन १ गते बेलुकीदेखि घर नफर्केका जुम्ला सुर्की गाउँका चार जना किशोर हालसम्म सम्पर्कविहीन अवस्थामा रहेका छन्।

Advertisement

तातोपानी गाउँपालिका– ७ सुर्की गाउँ जुम्ला निवासी गोविन्द रावतका १६ वर्षीय छोरा पद्मबहादुर रावत र रामबहादुर रावतका १६ वर्षीय छोरा भीमबहादुर रावत, मुनबहादुर रावतका १७ वर्षीय छोरा तुल रावत र देविभक्त रावतका १७ वर्षीय छोरा कालीबहादुर रावत ४० दिनदेखि सम्पर्कमा नआएको सोही गाउँका स्थानीय युवा राजु रावतले जानकारी दिए।

‘यहाँका प्रायः नागरिक मजदूरीका लागि भारतको हिमाञ्चल, उत्तर प्रदेशमा जान्छन्’, राजुले भने, ‘त्यही भएर भारतमा उपलब्ध हाम्रा आफन्त र चिनजानेका सबैसँग सम्पर्क गर्यौ तर उनीहरु कतै पनि नपुगेको खबर आयो।’

गाउँलेहरुले उनीहरु कालापहाड गएको हुनसक्ने आशंका गरेको उनले बताए। तुल रावतका बुबा गोविन्द रावतले लामो समयदेखि छोरा नआएकाले चिन्ताले सताएको दुखेसो गरे।

‘साउने सङ्क्रान्तिको बेलुकादेखि मेरो छोरोसहित चारैजना सम्पर्कविहीन छन्। घरमा आउलान् भन्दाभन्दा त महिना दिन बित्यो’ गोविन्दले भने, ‘तर पनि उनीहरु अहिलेसम्म घर फर्केका छैनन् र कहाँ छन् भन्ने पनि पत्तो छैन ।’

उनीहरु भारत कहिल्यै नगएकाले कहीँकतै बेचबिखनमा पर्ने हुन् कि भन्ने कुराले अभिभावकलाई चिन्तित बनाएको छ। अहिलेसम्म यो ठाउँमा छन् भन्ने अत्तोपत्तो नभएकाले उनले सञ्चारमाध्यमबाट खोजिदिन आग्रह गरे। राजु रावतका अनुसार सम्पर्कविहीन चारै जना किशोर सुर्कीगाउँ अवस्थित दुर्गा मावि मधुमा कक्षा ८ र ९ मा अध्ययनरत थिए।

कोरोना महामारीका कारण भएको बन्दाबन्दीले विद्यालय बन्द भएपछि पढ्न नपाएका उनीहरु कहाँ गए भन्ने कसैलाई सूचना छैन। जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले यस विषयमा आज मात्र सामान्य जानकारी आएकाले सघनरुपले बुझेर खोज अनुसन्धानमा लाग्ने बताए। प्रजिअ प्रसाईंले कालापहाड गएको भन्ने आशङ्का गरिएकाले यसबारे सबै तहका सरकारले चासो दिनुपर्ने जनाए।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले आफू कहाँ त्यसबारे कुनै जानकारी नआएको बताए। प्रहरी नायब उपरीक्षक थापाले किशोरको उमेर १६÷१७ वर्ष पुगिसकेकाले उनीहरुलाई हराएको भन्न नमिल्ने तर्क गरे। यद्यपि ती चारै जना किशोर ४० दिनदेखि अभिभावकको सम्पर्कमा छैनन्। रासस

प्रतिकृया दिनुहोस्

Flash News

उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर निजी विद्यालयको सेटिङमा एसईईमा व्यापक चिट चोरी रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा चलचित्र ‘बहाव’को टिकट किन्दा निःशुल्क थाइल्याण्डकाे प्याकेज