१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

काठमाडौँ। नेपालका अधिकांश पर्यटकीय पूर्वाधार अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयोग्य नरहेको पाइएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)सँगको सहकार्यमा गरेको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो।अध्ययनले समेटेका देशका प्रमुख सहरका ९० वटा तारेहोटलमध्ये अधिकांश अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयोग्य नभएको देखाएको छ।

Advertisement

यद्यपि अध्ययनमा सहभागी ९५ प्रतिशत होटल व्यवसायीले पहुँचयोग्य पर्यटनको अवधारणाबारे आफूहरू जानकार रहे पनि त्यस किसिमका पूर्वाधार निर्माण गरी पहुँचयोग्य पर्यटन बजार विस्तार गर्न लगानी बाधक रहेको जनाएका छन् ।

बुधबार एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको अध्ययन प्रतिवेदनले नेपालका अधिकांश होटलले व्यावसायिक प्रयोजनका लागि पुराना संरचना प्रयोग गर्ने गरेको, यस्ता संरचना दुर्गम स्थानमा रहेको, तिनमा अपाङ्गमैत्री सेवा सुविधासमेत नहुने गरेको र त्यस्ता अपायक स्थानमा अपाङ्गता भएका पाहुना पनि एकदमै कम जाने गरेको उल्लेख गरेको छ ।

अध्ययनले सरकारी विभाग र नीति निर्माताबीचमै पनि समावेशी सुलभ पर्यटनको अवधारणाबारे प्रस्ट जानकारी नरहेको देखाएको छ ।प्रतिवेदन सार्वजनिक कार्यक्रममा नेपाल पर्यटन बोर्डका मुख्य कार्यकारी अधिकृत डा। धनञ्जय रेग्मीले सरकार, सरोकारवाला र होटल व्यवसायीले सहकार्य गरेर सुलभ पर्यटनको अवसरबाट फाइदा लिनुपर्नेमा जोड दिए।

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष मित्रलाल श्रेष्ठले पर्यटनका सुविधा र अपाङ्गमैत्री पूर्वाधार बन्न वार्षिक १० हजारसम्म पर्यटक बढ्नसक्ने दाबी गरे। होटल एसोसिएसन नेपालका अध्यक्ष सिर्जना राणाले सुलभ पहुँचयोग्य पर्यटन बजार विस्तार गर्ने अवधारणा नेपालका लागि नयाँ प्रयोग हुने भए पनि यसबाट व्यवसायीले फाइदा लिन सक्नेमा आफू विश्वस्त रहेको बताए ।

यूएनडीपीका सहआवासीय प्रतिनिधि बर्नर्ड कोकोले कोरोना कहरले अर्थतन्त्र थिलोथिलो परेका बेला त्यसलाई पहिलेको ठाउँमा पु¥याउने तत्परतासँगै सुलभ पर्यटनको ढोका खोल्नेगरी अध्ययन अनुसन्धान हुनु सकारात्मक विषय भएको बताए । पत्रकार गजेन्द्र बुढाथोकीले अर्थतन्त्र सकारात्मक बाटोमा जान पर्यटन विस्तार हुनुपर्ने र त्यसका लागि होटल तथा रेस्टुरेन्टमा अपाङ्गमैत्री पूर्वाधार हुनुपर्ने बताए।

प्रतिकृया दिनुहोस्

Flash News

अर्जै गुल्मी-रुपन्देही सम्पर्क समाजद्वारा बुटवलमा रक्तदान सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनि वीक-२०२३’ प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै भाटभटेनीेमा वीरगंजवासीको उत्साहजनक सहभागिता, शुभारम्भका छुट यथावत ( भिडियोसहित)