९ चैत्र २०७९, बिहीबार

Mar 23, 2023

मस्को । आगामी महिना हुने संसदीय निर्वाचनअगाडि समर्थन जुटाउन पेन्सन प्राप्त व्यक्तिले १३५ अमेरिकी डलर बराबर नगद पाउने गरी एउटा आदेशमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार हस्ताक्षर गरेका छन् । यसले पछिल्लो समय रूसको सत्तारुढ यूनाइटेड रसिया पार्टीको राजनीतिक अवस्था निर्वाचनमा संघर्षपूर्ण रहेको बुझ्न सकिने पुटिनका आलोचकहरूको भनाइ छ । 

Advertisement

यो नगद वितरण सामाजिक खर्चको एक भागको रुपमा आउने र यसको भड्ताल राज्यकोषबाट आफ्नो पक्षमा निर्वाचन परिणाम पार्न राष्ट्रपति पुटिनले ल्याएको योजनाका रूपमा अथ्र्याइएको छ । 

रूसी नेता पुटिनले सेप्टेम्बरमा तल्लो सदन ‘स्टेट डुमा’ को निर्वाचन अगाडि यो योजना प्रस्ताव गर्नुभएको हो । रूसमा सामानहरूमा बढ्दो मूल्य र घट्दो रोजगारीका कारण पुटिनको दल युनाइटेड रसियाको ख्यातिमा निकै कमी आएको छ । 

रूसी राष्ट्रपतिले सेप्टेम्बर महिनामा १० हजार रूबल (१३५ अमेरिकी डलर) भुक्तानी गर्ने आदेशमा हस्ताक्षर गरिसकेको रूसी प्रशासन केन्द्र क्रेमलिनले पुष्टि गरेको छ । यसले मासिक पेन्सनलाई दोब्बर बनाएको छ । 

आइतबार युनाइटेड रसियाका अधिकारीहरुसँगको भेटमा पुटिनले यस वर्षको बढ्दो मुद्रास्फीतिका कारण पेन्सनरहरुलाई सबैभन्दा बढी असर परेको बताएका थिए । 

केन्द्रीय बैंकका अनुसार वार्षिक मुद्रास्फीति ६.५ प्रतिशत पुगेको छ । बैंकले जूनमा आफ्नो आधारभूत ब्याज दर सोही आँकडमा बढाएको थियो । यो सन् २०१४ को मुद्रा सङ्कट पछिको सबैभन्दा ठूलो वृद्धि हो । पुटिनले सैन्य कर्मचारीहरूलाई १५ हजार रूबल बोनस दिने प्रस्ताव गरिएको एक अर्को आदेशमा आइतबार हस्ताक्षर गरेका थिए । 

रूसी नेता पुटिनले सडक मर्मत, सार्वजनिक यातायात र आधारभूत संरचना तथा स्वास्थ्य सेवा विकास गर्न अरबौं खर्च गर्ने एक महिना पहिले बताएका थिए । सरकारले अवकाशको उमेर हद बढाएको विवादास्पद पेन्सन सुधार योजना पारित गरेपछि सन् २०१८ मा युनाइटेड रसियाको ख्याति दरमा तीव्र कमी आउन थालेको थियो । एएफपी

प्रतिकृया दिनुहोस्

Flash News

जापानमा लगातार दोस्रो वर्ष जग्गाको मूल्य वृद्धि तिलोत्तमा नगरभित्र अनुमतिविना कुकुर पाल्न नपाइने, निकाल्यो ३५ दिने सूचना स्वास्थ्यजन्य फोहर व्यवस्थापन गरेर मासिक ४० हजार भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी भाटभटेनीको २४ औं स्टोर विरगञ्जमा, बजार विस्तारमा थप आक्रामक डोल्पा अस्पतालको पीडाः सडक, पुल नहुँदा बाटोमै बिरामीको हैरानी सरकारमा जाने नजाने बारेमा निर्णय लिदैँ लोसपा वडा अध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव सेयर बजार १५.६७ अंकले ओरालो तिलोत्तमा नगरभित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना !