Mar 20, 2023
बुटवल । अर्घाखाँचीमा जारी निषेधाज्ञा भदौं १८ गतेसम्म लम्बिएको छ । आज बसेको जिल्ला डीसीसीएमसीको बैठकले खुकुलो बनाएर यही भदौं १८ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरेको हो । बैठकले बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म लामो तथा छोटो दुरीका यातायात सञ्चालन गर्न दिने निर्णय गरेको सहायक जिल्ला प्रमुख अधिकारी बिनोद खनालले जानकारी दिए ।
यसअघि जिल्लामा कोरोना संक्रमणदर बढेपछि यातायात सञ्चालनमा रोक र जिल्ला प्रवेशमा निषेध गरिएको थियो । यस्तै बिहान ५ बजेदेखि साँझ ६ बजे पसलहरु सञ्चालन गर्न पाईनेछ । शैक्षिक संस्था, होटल, रेष्टुरेन्ट ,पाटी प्यालेस र शैलुन पसलहरु भने सञ्चालन गर्न पाईने छैन् ।
प्रतिकृया दिनुहोस्