९ चैत्र २०७९, बिहीबार

Mar 23, 2023

बुटवल । आफ्ना सांसद खरिद–बिक्री हुने वा अपहरण हुने आशंकामा २ दिनदेखि कपिलबस्तु र रुपन्देहीका रिसोर्टमा राखेको लुम्बिनीको विपक्षी गठबन्धनले आज उनीहरुलाई प्रदेश सभामा उपस्थित गराउँदै छ । ४१ सांसदसहित आफ्नो बहुमत देखाएर लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता गरेको प्रतिपक्ष गठबन्धनले आजको प्रदेश सभाको विशेष अधिवेशनबाट मुख्यमन्त्री पोखरेललाई वर्खास्त गर्नेमा विश्वस्त छ ।

Advertisement

यससँगै आजै गठबन्धनको तर्फबाट नेकपा माओवादी संसदीय दलका तथा पूर्व कानून मन्त्री कुलप्रसाद केसीको नेतृत्वमा नयाँ सरकार गठन हुने दावी गरेको छ । प्रदेशसभामा विपक्षी गठबन्धनसँग सरकार सञ्चालनका लागि आवश्यक पर्ने बहुमत रहेकाले गठबन्धनका तर्फबाट आज नै कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने दाबी रहेको छ । विपक्षी गठबन्धनमा रहेको ४१ सांसद नै प्रदेशसभामा आइसेको र आज नै लुम्बिनी प्रदेशले नयाँ मुख्यमन्त्री पाउने नेपाली कांग्रेसका सांसद फकुरुद्धिन खानले बताए । ‘आज यो प्रदेशले नयाँ मुख्यमन्त्री पाउँछ ।’ ग्लोबल आवाजसँग कुराकानी गर्दै सांसद खानले भने‘ सबै विपक्षी गठबन्धनका सांसद प्रदेशसभामा आइसकनु भएको छ । ’

विपक्षी गठबन्धनले आफ्ना सांसदलाई सत्तापक्षले विभिन्न प्रलोभनमा पार्ने डरले २ दिन अघिदेखि नै रिर्सोटमा राखेका थिए । विपक्षी गठबन्धनका ३४ सांसदले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरी विशेष अधिवेशनका लागि समाबेदन दिएका थिए । सोही अनुसार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरेचनले प्रदेशसभाको विशेष अधिवेशन आज दिउँसो १ बजेका लागि आह्वान गरेका छन् ।

प्रदेशसभाको बैठकमा विपक्षीले दर्ता गरको अविश्वासको प्रस्ताव टेवल हुने सम्भावना रहेको छ । यता नेकपा एमाले भने प्रदेश प्रमुखले बोलाएको अधिवेशन असैंबधानिक भन्दै सर्वोच्च अदालतमा रिट दयार गरेका छन् । अदालतले मंगलबार लुम्बिनी प्रदेशको विशेष अधिवेशन रोक्न माग गर्दै दायर गरिएको रिट हेर्न नभ्याइनेमा राखिदिएको थियोे भने बुधबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा रिटको पेशी तोकिएको छ । बुधबार सो रिट आठौं नम्बरमा राखिएको छ ।

यस्तै नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले अविश्वासको प्रस्ताव सामना गर्ने वा राजीनामा दिने निर्णय गर्ने अधिकार मुख्यमन्त्री शंकर पोखरेललाई दिएको छ । बुधबार विहान मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा बसेको बैठकले निर्णय गर्ने सबै अधिकार मुख्यमन्त्री पोखरलाई दिने निर्णय गरेको एमाले सांसद बैजनाध चौधरीले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमा नगरभित्र अनुमतिविना कुकुर पाल्न नपाइने, निकाल्यो ३५ दिने सूचना स्वास्थ्यजन्य फोहर व्यवस्थापन गरेर मासिक ४० हजार भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी भाटभटेनीको २४ औं स्टोर विरगञ्जमा, बजार विस्तारमा थप आक्रामक डोल्पा अस्पतालको पीडाः सडक, पुल नहुँदा बाटोमै बिरामीको हैरानी सरकारमा जाने नजाने बारेमा निर्णय लिदैँ लोसपा वडा अध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव सेयर बजार १५.६७ अंकले ओरालो तिलोत्तमा नगरभित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना ! ओडिआईमा नेपालको सुधार, एक स्थानमाथि उक्लियो