१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलगायत । तस्वीर : रासस

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसीका बारेमा सरकारको जवाफ मागेका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै एमाले संसदीय दलका नेता ओलीले सरकारको न्यूनतम साझा कार्यक्रममा एमसीसीका बारेमा कुनै पनि विषय समावेश नभएको बताए । उनले एमसीसी पास गर्ने वा के गर्ने भन्दै सरकारलाई प्रश्न सोधेका छन् ।

उनले भने, ‘साझा कार्यक्रममा साना मसिना कुरा गरेको छ । अहिलेको गठबन्धन सरकारमा हुँदा एमसीसी गर्नुभएको थियो । एमसीसीका बारेमा संयुक्त सरकारको साझा कार्यक्रममा खै ? एमसीसी बिर्सिनुभयो कि के हो ? एमसीसी मैले त देखिन ।’आफुले बोलेका केही क्लिप देखाएर एमसीसी पारित गर्ने वातावरण बनाउन खोजेको समेत उनले बताए । उनले भने, ‘केपी ओलीले एमसीसी पारित गनुपर्छ भनेर मेरो क्लीप खोजेर वातावरण बनाउन खोज्ने ? एमसीसी के गर्नुहुन्छ ? भन्नुपरेन । नेपाली जनताले जान्न चाहेको छ, के गर्नुहुन्छ एमसीसी ?’

अहिलेको सत्तारुढ दलसँग १ सय ६५ सांसद रहेको भन्दै गठबन्धनको धारणा आउनुपर्ने समेत बताए । उनले भने, ‘ तपाईसँग १ सय ६५ को सवल जथ्थाले के भन्छ ? पास गर्ने वा के गर्ने ? सरकारमा त जस्केलाबाट जानुभयो, सबैकुरामा जस्केलाबाट छिर्ने काम नगरौँ ।’अध्यक्ष ओलीले भारतसँग कुटनीतिक वार्ता गरेर लिम्पियाधुरा, कालापानीका विषयमा समेत स्पष्ट कुरा गर्ने विषय साझा कार्यक्रममा समावेश नभएको भन्दै सरकारको आलोचना गरे ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

विहिबारदेखि हुने एसईई परीक्षाको तयारी पूरा, ५ लाख १६ हजार विद्यार्थी सहभागी हुँदै दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप