१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफु फेरि असाधारण बहुमतका साथमा प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै ओलीले आफू प्रधानमन्त्री हट्नु कुनै चिन्ताको विषय नरहेको बताए । उनले आगामी चुनावबाट असाधारण जनमतसहित सरकारको नेतृत्वमा मुलढोकाबाट प्रवेश गर्ने दाबी समेत गरे । उनले भने, ‘फेरि पनि मुलढोकाबाट असाधारण जनतका साथ प्रवेश गरिनेछ । जस्केलाबाट होइन ।’पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफू जनादेशबाट प्रधानमन्त्री भएको भएपनि अदालतले हटाएको बताए ।

उनले भने, ‘मलाई राम्रो ग्रहदशाले प्रधानमन्त्री बनाएको होइन । मलाई काम हेरेर नेपाली जनताले प्रधानमन्त्री बनाएको हो । विभिन्न पार्टीका नेताहरुको कुण्ठाबाट प्रधानमन्त्री बनेको होइन । परमादेशबाट हैन, जनादेशबाट प्रधानमन्त्री भएको होइन । जाली मुद्धाबाट प्रधानमन्त्री बनेको होइन । नेपाली जनताले ममाथी विश्वास गरेर ससुम्पिएको जिम्मेवारी हो ।’

सर्वोच्च अदालतको फैसला समेत अध्यक्ष ओलीले असन्तुष्टि व्यक्त गरे । उनले भने,‘विश्वमा पहिलो रेकडै बनेको छ । अदालतबाट प्रधानमन्त्री नियुक्त हुने । अदालतलाई धेरै विवादमा ल्याउनु जरुरी छैन । प्रधानमन्त्रीबाट हट्न परेकोमा चिन्ता छैन । अदालतजस्तो सबैले विश्वास गनुपर्ने संस्थाका बारेमा अविश्वास नआओस् भन्ने चिन्ता मेरो छ । लोकतन्त्रमा मेरो चिन्ता छ ।’सरकार गठन भएको एक महिनासम्म पनि सरकारले पूर्णता पाउन नसक्नु सरकारको असफलता रहेको समेत उनले टिप्पणी गरेका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

४१ वर्षीया सारदाको शंकास्पद मृत्यु, श्रीमान प्रहरी नियन्त्रणमा रुपन्देही कञ्चनमा जारी १८ महापुराण तथा ज्ञान महायज्ञमा भक्तजनहरुको उल्लेखनीय सहभागिता जतिसुकै गठबन्धन होस एमाले बाघको डमरु हो, सिनो खाने स्यालको बच्चा होइन : ओली सुरक्षित, अनुशासित र मर्यादित रुपमा गन्तव्यमा पुराउने ४० सवारी चालकलाई बुटवलमा सम्मान अर्जै गुल्मी-रुपन्देही सम्पर्क समाजद्वारा बुटवलमा रक्तदान सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु