ताजा अपडेट »

सिद्धबाबातर्फ गुडिरहेकाे जीपमा ढुंगा खस्दा ४ घाइते , एककाे अवस्था गम्भीर

मंगलबार, २६ साउन २०७८, १२ : ०६
6 Shares

बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल – पाल्पा सडक खण्डमा चलिरहेकाे बाेलेराे जीपमा ढुंगा खसेर लाग्दा बोलेरो जीप तिनाउ नदिमा खसेको छ । मंगलबार विहान करिब १० बजे सिद्धबाबादेखि केहि अगाडि हेडबक्स नजिकबाट उक्त बलेरो तल नदी खसेको हो । बा १८ च ७३३६ नम्बरकाे बाेलेराे दुर्घटना हुँदा ४ जना घाइते भएका हुन्। घाईते हुनेहरुमा ५४ वर्षिय बाबुराम पाण्डे, २२ वर्षिय बिनाेद पाण्डे, १८ वर्षिय अमित बस्याल र ४२ वर्षिय गं‌गा दराई रहेका छन् । उनीहरु सबै पाल्पाकाे तिनाउ गाउँपालिका ३ झुम्साका हुन्। उनीहरु मध्य बाबुराम पाण्डेकाे अवस्था गम्भिर रहेकाे लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएकाे छ ।

https://www.globalaawaj.com/archives/127871
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।