९ चैत्र २०७९, बिहीबार

Mar 23, 2023

काठमाडाै। मान्छेले खेतमा गर्ने काम हाँसले गर्छ भन्ने सुन्दा आश्चर्य लाग्न सक्छ । यस्तै अपत्यारिलो काम झापाका एक किसानले पालेका हाँसले गरिरहेका छन् । ती हाँस धान गोड्न प्रयोग भएका छन् ।गौरादह नगरपालिका–७ का धनञ्जय चुडालको खेतमा पालिएका आठ सयवटा स्थानीय जातका हाँसले धान गोड्दै आएका हुन् । नेपालमा पहिलो पटक निजी क्षेत्रबाट स्थापना भएको राष्ट्रिय खाद्यान्न बैङ्क लिमिटेडको लगानीमा परीक्षणस्वरूप धान गोड्न खेतीमा हाँस छोडिएको हो ।

उक्त बैङ्कका कार्यकारी अध्यक्ष शङ्करनाथ उप्रेतीले यस वर्ष आफूहरूको पनि परीक्षणको वर्ष हो भन्दै नेपालमा पहिलो पटक जापानी राइस डग फार्मिङ प्रविधिको प्रयोग गरेर धान खेतीमा लगाइएको बताए । उनका अनुसार धानमा लाग्ने रोग, कीरा नियन्त्रण गरी उत्पादकत्व बढाउने गर्ने उद्देश्यले खेतमा हाँसलाई धान गोड्ने खेतालाका रूपमा प्रयोग गरिएको हो । जसले गर्दा मानिसले धान गोडिरहनु पर्दैन । यस्तो कृषि विधि जापानमा सबैभन्दा बढी प्रयोग गरिन्छ ।

यसले अन्य अवस्थाभन्दा २० प्रतिशत उत्पादन वृद्धि हुने जनाइएको छ । हरियो फिरेको रोपोको पानीमा चरिरहेका हाँसले आफ्नो चारो खोज्ने क्रममा धानका गाँजालाई गोड्छन् । यसरी धान खेतमा हाँसले चुच्चो र खुट्टाले पनि माटो चलाउने गर्दछन् । माटो निरन्तर चलाएपछि धानलाई गोडमेल पुगेर बढ्न आवश्यक मद्दत पुग्ने गर्दछ । त्यसो गर्दा अन्य झारपातसमेत उम्रन पाउँदैनन् । कीरा, फट्याङ्ग्रा सबै हाँसले खाने हुनाले हाँसलाई पनि आहारा पुग्छ र धानको रोग नियन्त्रण हुने अध्यक्ष उप्रेती जानकारी दिए । गोरखापत्रमा खबर छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनी सरकारको समर्थन आजै फिर्ता लिने तयारीमा माओवादी चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन तिलोत्तमामा एमालेको मिसन ग्रासरूट अभियान टोलटोलमा जारी गैँडाको आक्रमणबाट महिलाको मृत्यु जापानमा लगातार दोस्रो वर्ष जग्गाको मूल्य वृद्धि तिलोत्तमा नगरभित्र अनुमतिविना कुकुर पाल्न नपाइने, निकाल्यो ३५ दिने सूचना स्वास्थ्यजन्य फोहर व्यवस्थापन गरेर मासिक ४० हजार भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी भाटभटेनीको २४ औं स्टोर विरगञ्जमा, बजार विस्तारमा थप आक्रामक डोल्पा अस्पतालको पीडाः सडक, पुल नहुँदा बाटोमै बिरामीको हैरानी सरकारमा जाने नजाने बारेमा निर्णय लिदैँ लोसपा वडा अध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने