ताजा अपडेट »

अपहरण हुने डरले लुम्बिनीका माओबादी सांसद रिसोर्टमा

सोमबार, २५ साउन २०७८, १७ : ४८
6 Shares

बुटवल । लुम्बिनी प्रदेशमा दैनिक रुपमा राजनीतिक उथुलपुथल भइ नै रहन्छन् । यसैक्रममा लुम्बिनीका नेकपा माओबादी केन्द्रका सांसदहरु रिसोर्टमा जम्मा भएर बसेका छन् । अविश्वासको प्रस्ताव दर्ता भएसंगै सांसदहरु अपहरणमा परेका घटना आईरहँदा नेकपा माओबादी केन्द्रका र बुटवल पश्चिमका बिपक्षि गठबन्धनका सांसद जम्मा भएका हुन् । उनीहरु कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित राजापानी रिसोर्टमा जम्मा भएको माओवादीका एक नेताले बताए ।

२७ साउनको बैठकमा अविश्वासको प्रस्तावमाथि छलफल हुने भएकाले आगामी रणनीति बनाउन उनीहरु जम्मा भएका छन्। सत्तापक्षले सांसदलाई फकाएर आफ्नो पक्षमा पार्न सक्ने आकलन गर्दै गठबन्धनले सम्पूर्ण सांसदलाई रिसोर्टमा लगेको स्रोतले जनाएको छ। केही हप्ताअघि जसपा सांसद पुर्मती ढेंगा सम्पर्कविहीन भएकी थिइन् भने माओवादी केन्द्रकी सांसद विमला वली हप्ता दिन सम्पर्कविहीन थिइन्।

मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएर राखेको सांसद वलीले पत्रकार सम्मेलनमा बताएकी थिइन्। बुधबार प्रदेशसभाको बैठक सुरु हुने भएकाले छलफलका लागि राजापानी रिसोर्टमा सांसद बस्दा शुरक्षितहुने र नयाँ रणनीति पनि बनाउन सहज हुने एक नेताले बताएका छन् । शंकर पोखरेल नेतृत्वको सरकार ढल्ने निश्चित भएकोले आफहरु जम्मा भएको बताए ।

लुम्बिनीका बिपक्षि गठबन्धनका ४ दलहरु माओबादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजबादी पार्टि र जनमोर्चाले माओबादी संसदीय दलका नेता कुल प्रसाद केसीलाई मुख्यमन्त्री बनाउने प्रस्ताव गरिरहेका छन्। सर्वोच्चले जसपाका तीन सांसदलाई पुनर्बहाली गर्न अस्वीकार गरेपछि मुख्यमन्त्री पोखरेल स्पष्ट अल्पमतमा छन् ।

२७ साउनमा विपक्षी गठबन्धनले दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल हुने भएकाले सांसदलाई प्रलोभनमा पार्ने डरले रिसोर्टमा लगिएको भए पनि सत्तापक्ष दल नेकपा एमाले भने विपक्षी गठबन्धनका कम्तीमा दुई जना सांसद आफ्नो पक्षमा तान्न लागि परेको बताइएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।