१४ माघ २०७९, शनिबार

Jan 28, 2023

गण्डकी । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले आज पोखरा महानगरपालिका– ३२ का विभिन्न बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । वर्षात्को पानीका साथै विजयपुर सिँचाइ आयोजना र गडुवा खोलाको पानी तथा बेगनास ताल जल उपभोक्ता संस्थाको बिसिटु सिँचाइ आयोजनाबाट अनियन्त्रित भई आउने पानीका कारण भएको क्षतिलगायतका विषयमा मन्त्री खड्काले स्थलगत अवलोकन गरेर जानकारी लिए ।

यस क्षेत्रमा वर्षात्को समयमा पर्ने गरेको समस्याको दीर्घकालीन समाधानका लागि प्रदेश सरकार गम्भीर भएको जनाउँदै उनले सम्बद्ध सबैसँग सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे । वडा नं ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले वर्षायामको बाढीका कारण यस क्षेत्रका सर्वसाधारण वर्षेनी समस्यामा परिरहेकाले यसको चाँडो समाधान खोज्नुपर्ने आवश्यकता औँल्याए ।

बाढी नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष शिवजी लामिछानेले वर्षात्का समयमा यस क्षेत्रका विभिन्न स्थानमा क्षति पुग्ने गरेको जनाउँदै समस्याको समयमा नै समाधान नखोजेमा दीघकालीनरुपमा ठूलो असर पार्ने बताए । नेपाल तरुण दलका केन्द्रीय सदस्य भरत थापा, गोगन माध्यमिक विद्यालयका अध्यक्ष मेघराज पौडेल, नेपाली काँग्रेस वडा नं ३२ का सचिव किसन परियार, नेपाल तरुण दल वडाका पूर्व अध्यक्ष कीर्तिराज खनाललगायतले यस क्षेत्रमा बाढीले पार्ने गरेको प्रभाव र समाधानका उपायलगायतका विषयमा मन्त्री खड्काको ध्यानाकर्षण गराए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

पत्रकार स्व. कंडेल परिवारलाई एक लाख १० हजार सहयोग तिलाेत्तमा १ स्थित वाटिका टाेल विकास संस्थाकाे अध्यक्षमा पुष्करनाथ पन्थ लुम्बिनीको दाङमा अटो पल्टिँदा ९ जना घाइते बसको ठक्करबाट स्याङ्जामा एक जनाको मृत्यु पेस्तोलसहित जनकपुरबाट दुई युवक पक्राउ समृद्धिका लागि शिक्षा नीति बाधक मारवादी सेवा संघ भैरहवाको २२ कोठे भवन उद्घाटन बुटवलबाट चलचित्र ‘फूलबारी’को प्रमोशन सुरु, देश दौडाहमा कलाकार सबै सरकारी वेबसाइट डाउन, अन्तर्राष्ट्रिय उडान रोकियाे नेपाल पुनः प्रयोग योग्य बस्तु व्यवसायी संघ रुपन्देहीमा पदस्थापन कर्मचारी संगठनको केन्द्रीय बैठक रुपन्देहीमा, तयारी अन्तिम चरणमा फागुन २८ अगावै राष्ट्रपति निर्वाचन नभए मुलुकमा अनिष्ट हुन्छ : शेखर कोइराला पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश प्रधानमन्त्री प्रचण्डले सम्हाले गृह मन्त्रालयको कार्यभार पत्रकार भण्डारीको पुस्तक ‘सत्ता संघर्ष’काे परिचर्चा रवी लामिछानेको मुद्दाले एनआरएनलाई कुनै असर गर्दैन् : डा. हेम राज शर्मा, उपाध्यक्ष चन्द्रौटामा सिद्राको व्यापार फष्टाउँदै रोहिणी अध्यक्ष कप क्रिकेट प्रतियोगिता : उपाधि रोहिणी–१ लाई प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ यस्तो रहनेछ आजको मौसम