ताजा अपडेट »

लोकदोहोरी प्रतिष्ठानद्वारा तिलोत्तमामा बन्ने लोक संग्राहलय भवनको शिलान्यास

शनिबार, ०९ साउन २०७८, २१ : ४०
10 Shares

बुटवल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश समिति र जिल्ला कार्य समिति रुपन्देहीले संयुक्त रुपमा लुम्बिनी लोक संग्राहलय बनाउने भएका छन्। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको डिंगरनगरमा बनाउन लागिएको उक्त लोक संग्राहलय भवनको शनिबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ । तिलोत्तमा –४, डिंगरनगरस्थित तिलोत्तमा नगरपालिकाले उपलब्ध गराएको जग्गामा शनिबार भवनको शिलान्यास गरिएको हो।

प्रतिष्ठानका केन्द्रिय सचिव, प्रचण्ड जि.सी, प्रदेश अध्यक्ष डिल्ली नारायण पाण्डे, रुपन्देही जिल्ला अध्यक्ष दीपक कार्की र तिलोत्तमा नगरपालिका वडा नं. ४ का अध्यक्ष दिवाकर ढकालले संयुक्त रुपमाइट्टा, र सिमेन्ट राखेर भवनको शिलान्यास गरेका हुन् । ३० फिट बाई ४२ फिट क्षेत्रफलमा बन्न लागेको उक्त भवन लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश समिति र जिल्ला कार्य समिति रुपन्देहीले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन् ।

शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रचण्ड जि.सीले उक्त संंग्राहलय भवन निर्माणका लागि केन्द्रीय कार्यसमितिबाट १ लाख रुपैयाँ प्राप्तहुने जानकारी दिँदै त्यसबाहेक थप सहयोगको लागि कार्यसमितिमा पहलगर्ने आश्वाशन दिए । प्रदेश अध्यक्ष डिल्लीनारायण पाण्डेले नेपालीकला संस्कृतिको जर्गेना, संरक्षण र संवद्र्धनमा उल्लेखनीय कार्य गर्ने उद्देश्यका साथ यस लोक संग्राहलयभवनको निर्माण गर्न लागिएको बताए । तिलोत्तमा नगरपालिका वडा नं. ४ का अध्यक्ष दिवाकर ढकालले प्रदेशकै प्रतिनिधित्व हुनेगरी तिलोत्तमा नगरपालिकामा लोक संग्राहलय स्थापना हुन लागेकोमा खुशी व्यक्तगर्दै यो रुपन्देहीवासीका लागि गौरवको कुरा भएको बताए ।

प्रतिष्ठान रुपन्देही अध्यक्ष दीपक कार्कीले नेपाली कला संस्कृतिको संरक्षणको लागि लोक संग्रांहलयको आवश्यकता खड्किरहेको अवस्थामा अब भने छिट्टै नै त्यो आवश्यकता पूरा हुने बताए । कार्यक्रममालोक दोहोरी प्रतिष्ठानका केन्द्रिय सल्लाहाकार खेम हमाल, केन्द्रिय सदस्यदिपक गरौजमगर, पूर्व केन्द्रिय सदस्य नारायण लेकाली, स्थानीय समाजसेवी मित्र न्यौपाने, वेद प्रसाद गुरुड्ड, वडा सदस्य हरिमाया नेपाली र मानकाजी गुरुड्ड, टोल विकास समितिका अध्यक्ष होम प्रसाद खनाल लगाएतको उपस्थिति रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।