ताजा अपडेट »

चीनबाट २५ लाख खोप नेपाल आयो, १५ लाख आउन बाँकी

शुक्रबार, ०८ साउन २०७८, १४ : ५७
6 Shares

काठमाण्डौं । चीनबाट नेपालले खरिद गरेको ४० लाख भेरोसेल खोपको थप खोप आज काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज ३३० शुक्रबार १ः३० बजे काठमाडौं अवतरण भएसँगै नेपालले खरिद गरेको २५ लाख डोज खोप काठमाडौं आइपुगेको हो ।

निगमको वाइडवडी ३३० जहाजले एक पटकमा आठ लाख डोज ‘भेरोसेल’ खोप कार्गो गर्ने छ । विहीबार २ वजे काठमाडौं आएपछि जहाज पुनः वेइजिङ पुगेर खोप ल्याएको हो । बुधबार राति११ बजे वेइजिङतर्फ उडेको जहाजले आठ लाख डोज खोपको कार्गो ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको निगमका महाप्रवन्धक डिमप्रसाद पौडेलले जानकारी दिए ।

चौथो पटक खोप ल्याउन निगमको वाइडबडी ३३० जहाज शनिबार पुनः वेइजिङ उड्ने उनले जानकारी दिए । सरकारले प्राप्त खोपलाई अग्रभागमा खटिने कर्मचारी, ५० वर्षमाथिका नागरिक र आवश्यकताका आधारमा वितरण गर्ने जनाएको छ ।

यस अघि असार २५ गते सरकारले पहिलो पटक आठ लाख नौ हजार ६०० डोज खोप ल्याएको थियो । हालसम्म करिव २५ लाख डोज खोप ल्याई सकेको निगमले जनाएको छ । सरकारले चीन सरकारसँग सरकार–सरकार (जिटुजी) मार्फत जम्मा ४० लाख डोज खोप ल्याउने तय भएको थियो ।

https://www.globalaawaj.com/archives/123190
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।