Mar 21, 2023
बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञा आज राती १२ बजे सकिँदै छ। सार्वजनिक एवं निजी सवारीमा जोरविजोर प्रणाली लागु भएको छ। यो अब के हुन्छ भन्ने सबैको चासोको विषय बनेको छ।
करिब २ वर्षयता राम्रोसंग चल्न नसकेका सार्वजनिक सवारीहरु चल्नको लागि आतुर छन भने नीजि सवारीहरु पनि बेफिकर हिड्न रुचाउँछन्। प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ भने संक्रमणको अवस्था जिल्लामा अझै भयाभह रहेकोले तत्काल जोरविजोर खुल्ने अवस्था नरहेको बताउँछन्।
डिसिसिएमसीको बैठक शूरु भएको बताउँदै उनले आधिकारीक निर्णय केही समय पछि आउने बताए ।
प्रतिकृया दिनुहोस्