१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

महोत्तरी । लगातारको झरीले वाक्कदिक्क भएका महोत्तरीवासीलाई आज आइतबार एकाबिहानैको झलमल्ल घामले राहत दिएको छ । पाँच दिनको लगातारको झरीपछि आज आकाश उघ्रेर एकाबिहानै रापिलो घाम लागेपछि यहाँ राहत महसुस भएको हो । लामो झरीले कामकाज गर्न नपाएर जकडिएका यहाँका बासिन्दामा आज एकाबिहानै झलमल्ल घाम देखिएपछि अब मौसम सफा भएको विश्वासमा सर्वसाधारण काममा निस्कन थालेका छन् ।

Advertisement

गत मङ्गलबारदेखिको लगातारको वर्षाले कतै निस्कन नपाएर जनजीवन अस्तव्यस्त बनेको थियो । छैटौँ दिन आज एकाबिहानै चर्को घाम लागेसँगै यहाँबाट हिमाल झलमल्ल देखिएपछि अबचाहिँ पानी थामिएर मौसम उघ्रिएको आम महोत्तरीवासीको भनाइ छ । अब आ–आफ्ना काममा लाग्न सहज बनेको सर्वसाधारणले बताएका छन् ।

एकाबिहानै घाम लागेसँगै महोत्तरीका सबैतिरजसो बजारु चहलपहल ह्वात्तै बढेको छ । यसपालि असार लागेसँगै छिनछिनमा परेको पानी र पछिल्ला पाँच दिन घाम नै नदेखिएर लगातार परेको चोटिलो पानीले जनजीवन वाक्कदिक्क नै बनेको थियो । मौसम सफा भएपछि आम किसानले राहत महसुस गरेका छन् । अब दुई÷चार दिन लगातार घाम लागे तरकारी खेती गोडमेल, खेतबारी खनजोत गर्न र रोपाइँका काममा लाग्न पाइने किसानले आश सँगालेका छन् ।

“हेर्नोस् न, झरीले केही गर्न दिएको थिएन, सबै काम असरल्ल थियो”, जिल्लाको बर्दिवास नगरपालिका–७ मनहरिपुरका किसान विन्देश्वर यादवले भन्नुभयो, “बल्ल कति दिनपछि राम्ररी घाम देख्न पाइयो, अब भने तरकारी गोडमेल, वस्तुभाउको चरण र बाँकी रोपाइँ गर्न पाइने आश जाग्यो ।”

मौसममा सुधार देखिएसँगै अब तरकारी गोडमेल र नयाँ खेतीका लागि खेतबारी खनजोत र रोपाइँमा लाग्न अनुकूल हुने यहाँका किसान बताउँछन् । मौसममा आएको सुधारले तरकारी बारी केही रुखिएपछि गोडमेल गर्न सकिने भङ्गाहा–४ रामनगरका किसान चन्देश्वर राय दनुवारको भनाइ छ । यसअघि लगातारको वर्षाले तरकारी बारीमा गोडमेल गर्न नसकिँदा झारले छोपेर तरकारीका बेर्ना र लहरा पहेँलिदै गएका थिए ।

अहिले मौसममा सुधार देखिएसँगै पशुपालक किसानले गोठमै बाँधिएर रहेका घरपालुवा पशुवस्तु (गाई, भैँसी, बाख्रापाठा) फुकाउन, डुलाउन पाएका छन् । चरन क्षेत्र पानीले डुबाएको भए पनि पशुवस्तुलाई आङ तन्काउन भने (डुलाउन) पाइएको पशुपालक किसानको भनाइ छ । धेरै दिनपछि पारिलो घाम लागेपछि लुगा धुने व्यवसायका धोबीलाई पनि राहत भएको छ । “धेरै दिनदेखि ग्राहकले धुन दिएका लुगा पानी परिरहेर घरमै थुप्रिएको थियो”, जिल्लाको बलवा नगरपालिकाको बन्चौरीका मुस्लिम बैठा धोबीले भने, “अब भने काम गर्न पाइने भइयो ।”

रापिलो घाम लागेर आकाश सफा भएपछि अब केही दिनमै हिलाम्य बाटाघाटा सुकेर हिँडडुल सहज हुने आम सर्वसाधारणको विश्वास छ । पछिल्लो पाँच दिनको लगातारको वर्षा र त्यससँगै आएको बाढीले जिल्लाका सयौँ घर डुबानमा परेका छन् । अब मौसम उघ्रेसँगै तिनको उद्धार कार्य पनि सहज हुने देखिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल आज, नेपाल र लाओस भिड्दै