१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

महोत्तरी । लगातारको वर्षाले तरकारी बाली गालेपछि महोत्तरीका किसान पिरोलिएका छन् । भर्खरै लगाइएका भदौरे तरकारीका बेर्ना, सागसब्जीका बिरुवा र लहरे तरकारी बाली लगातारको वर्षाले गालेर नोक्सान गरेपछि तरकारी खेती गर्ने किसानको पिरलो बढेको हो ।

Advertisement

बारीमा भाण्टा, खोर्सानी र अरु तरकारीका बोट वर्षाको पानीले सोत्तर बनाएको छ । त्यसैगरी रायो, लट्टे (ठडीया) र अन्य सागका बिरुवा लतारिएका छन् । घिरौंला, झिमनी, लौका, चिचिण्डा, काँक्रा, परवल र करेलासहितका तरकारीका लहरा पनि लगातारको पानीले गलाएर पहेंलिएका छन् । असार लागेदेखि परेको पानी र पछिल्ला चार दिन यताको निरन्तरको वर्षाले यसपाली बर्खे र भदौरे दुबै (भदौदेखि उत्पादन दिने) तरकारी खेतीबाट हात धुने अवस्था बनेको किसानको दुखेसो छ । महोत्तरीका सबैजसो भेगमा गत मङ्गलबारदेखि लगातार पानी पर्दै आएको छ ।

“तरकारीका बेला (लहरा) पानीले गलाएर पँहेलिएका छन् , तरकारीका बोट पानीले सोत्तर बनाएर लडाएको छ”, जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरका किसान गङ्गाराम महतो भन्छन्, “खेतबारी गिलिएर जोतखन र गोडमेल गर्न नसकिने भएको छ, अब तरकारीबाट आस म-यो ।” सधैंजसो भदौपछि लगालगी पर्ने चाडपर्वलाई लक्षित गरी लगाइने तरकारी खेती यसपालि लगातारको वर्षाले गलाएपछि तरकारीको हाहाकार नै हुने र मूल्य आकासिएर सर्वसाधारण उपभोक्ताले किनेर खाने स्थिति नरहने महतोसहितका किसानको भनाइ छ ।

लगातारको वर्षाले तरकारी बाली खेतबारीमै गलाएपछि किसान पिरोलिनेसँगै बजारमा तरकारीको मूल्य आकासिएको छ । किसानका खेतबारीमा तरकारी नभएपछि बजारु उपभोक्ता पनि महङ्गाइको मारमा परेका छन् । लगातारको वर्षाले हातमुख जोर्ने काम अत्यन्त महङ्गो भएको सर्वसाधारण उपभोक्ता बताउँछन् । महोत्तरीका १५ स्थानीयतहका कार्यालयहरुको आँकडाअनुसार जिल्लामा १० हजार हेक्टर क्षेत्रफलमा तरकारी खेती लगाइँदै आइएको देखिन्छ ।

लगातारको वर्षाले जिल्लाका ग्रामीण सडकमात्र नभएर मुख्य सडक नै हिलाम्य भएका छन् । बर्दिवास–रामगोपालपुर–जलेश्वर, सम्सी–लोहारपट्टी–जनकपुर,जलेश्वर–रौजा–बर्दिवास र अन्य धेरै सडकमा हिलो जमेर साना सवारी साधन पनि चल्न सकेका छैनन् ।

तरकारी बाली र सडक यातायातमा असजिलो बढेपनि असार मध्यसँगैको वर्षाले खेतका ग-हा टन्न भरिदा पानी थामिएपछि धान रोप्न पाइने किसानको आश छ । तर यसअघि रोपिएको रोपो पानीले गलाउने र अबको रोपाइँका लागि बीउ अपुग हुनसक्ने चिन्ताले किसान पिरोलिएका छन् । जिल्लामा करिब ५० हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिने भनिएपनि मौसमको प्रतिकूलताले यसपालि अहिलेसम्म एक चौथाई रोपाइँ पनि हुन सकेको छैन । हिउँदे धान भने साउन तेस्रो सातासम्म रोप्न सकिने हुँदा आत्तिहाल्नु पर्ने गरी समय नसिद्धिएको कृषि ज्ञान केन्द्र कार्यालय महोत्तरी जलेश्वरका विज्ञले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै