२७ जेष्ठ २०८०, शनिबार

Jun 10, 2023

गुल्मी । जिल्लाको मालिका गाउँपालिकाले आर्थिक वर्ष २०७८/८९ का लागि फरक विषेशतासहितको नीति ल्याएको छ । गाउँघरकै परम्परागत जडीबुटी–ओखतीहरुलाई नीति तथा कार्यक्रममा खोजी गरिएको छ । औषधीजन्य जडिबुटीको संरक्षण र साना र मझौला खाले उद्योगका रुपमा सञ्चान लक्ष्य प्रस्तुत गरिएको छ ।

Advertisement

सिस्नोको धुलो, गुन्द्रुक, मुला, स्थानीय आलु, चना तथा कोदोको पिठोलाई प्रशोधनसहित प्याकेजिङ्ग गरि निर्यात गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । लोकल मदिरालाई नियमन गरिने उल्लेख छ । तर ब्यवसायिक रुपममा ब्यवस्थित तरिकाले उत्पादन गर्ने उद्यमीलाई मालिका गाउँपालिकाले स्थानीय मदिरा (कोदाको तथा खुर्पानीको रक्सी) उत्पादन ब्राण्डिङ्ग गरि बिक्रि वितरण व्यबस्था ऐन २०७८ को परिधी भित्र रहने गरि प्रोत्साहन गर्ने नीति अगाडी सारिएको छ ।

मदिरा ब्राण्डिङको विषयलाई कतिपयले सामाजिक सञ्जालमा खिल्ली उडाए पनि केमिकलयुक्त कम गुणस्तरका पोका र सिसीभन्दा परम्परागत घरेलु मदिरा उपयुक्त हुने बताइएको छ । गाउँमा चौतारी, चिउरी, अरुबखडा, आरु, खनिया, वेँडुला अमला लगायतका जडिबुटीबाट मदिरा बनाउने प्रचलन रहेको छ । परम्परागत रुपमा यसलाई औषधिका रुपमा समेत प्रयोग गर्ने प्रचलन रहेको छ । मालिकाको यो नीतिसँगै वार्षिक रुपमा विदेशी रक्सीका कारण बाहिरिने करोडौं रकम रोकिने लक्ष्य राखिएको छ ।

मालिका गाउँपालिकाले त्यहाँ रहेका तामा फलाम सिसाका खानी पनि उत्खनन् गर्ने नीति अगाडी सारेको छ । यसैगरी कोदो भटमास, लोकल आलु, फापर लगायतको लोपन्मुख खेतीको संरक्षण र प्रवद्र्धनका लागि बजेट व्यवस्था गरेको छ । माटो परीक्षण शिविस सञ्चालन गरेर माटो उपचार गर्दै र भिरोलो जमिनका लागि गोरु संरक्षणको नीति समेत अगाडी सारेको छ । सामुहिक खेती प्रणालीका लागि चक्लाबन्दी कार्यक्रम, गाई भैसी, बाख्रा, बंगुर र कुखरा पालनलाई प्रोत्साहित गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । छरिएका गरिवी निवारण कोष, समुह–समुहका सहकारीलाई मर्ज गर्ने नीति लिएको छ । गत वर्ष परीक्षण उठान सुरु गरिएको प्यारागलाईडिङ्गलाई चालु आर्थिक वर्षदेखि ब्यवसायिक उठान सुरु गरिने जनाइएको छ ।

विपन्न वर्गलाई आर्थिक आम्दानीसँग जोड्ने गरि दाँते ओखर खेती सञ्चालन गरिने भएको छ । निशुल्क ब्याजमा १० जना युवा उद्यमीहरुलाई कर्जा प्रवाह गरी उनीहरु उद्यमी हुन सुरु गरि सकेपछि थप ३ सय जना युवाहरुले ब्यवसायीक फर्म दर्ता गरि सकेको गाउँपालिकाले जनाएको छ । बाख्रा विकास परियोजना सञ्चालन गरी महिलाहरुले आम्दानी लिन थालिसकेका छन् । वडा नम्वर ३ ह्वाङ्गदीलाई स्मार्ट कृषि भिलेज घोषणा गरिएको छ । वडा नम्वर २ दर्लिङ्गलाई बाख्रा श्रोत केन्द्र घोषणा गरिएको छ । वडा नम्वर ४ अर्खबाङ्गलाई बाख्रा पकेट क्षेत्र घोषणा गरिएको र पालिका स्वयम बाख्रा ब्याड र विउको हव बन्दै आएको छ । वडा नम्वर ४, ६ र ८ भैसी प्रवद्र्धन क्षेत्र बनेको छ भने दुध उत्पादनमा आत्मानिर्भर बन्दै गएको छ ।

गाउँपालिकाले ८० जनालाई लघुउद्यम पुनरताजकि तालिम यसै आर्थिक वर्षमा दिईने उल्लेख गरेको छ । सम्भावित जमिनको पहिचान गरि ८ वटा ब्लकमा २४ हजार कफीका विरुवा रोपण कार्यक्रम पनि चालु आर्थिक वर्षमा सुरु गर्ने लक्ष्य राखिएको छ । नवौं गाउँसभामा गाउँपालिकाले पेश गरेको नीति तथा कार्यक्रममा गत आथिर्क वर्षमा चालु तर्फ ९५ प्रतिशत र पुँजीगत तर्फ ८३ प्रतिशत खर्च भएको र ८९ प्रतिशत प्रगति भएको उल्लेख छ । गत आर्थिक वर्षमा गाउँपालिकाको रिङ्गरोड सम्पन्न भएको, गाउँपालिकाको केन्द्र सेरोफेरोमा दुई किलोमिटर सडक ग्रावेलिङ्ग भएको, १७ किलो मिटर नयाँ सडक थपिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै प्रशासनीक भवन निर्माणको प्रकृयामा रहेको, मालिका पिस पार्क, मालिका पहुँच मार्ग, मुख्य सडकको स्तरोन्नती र ग्रावेलिङ्गको चरणमा रहेको, विभिन्न धार्किक क्षेत्रहरुको संरक्ष्ँण र पहुँच मार्ग निर्माण भएको र कुनै हुने चरणमा रहेको उल्लेख छ । आगामी आर्थिक बर्षका लागि गाउँपालिका उपाध्यक्ष देवा अर्यालले कुल ५० करोड, ५० लाख ६४ हजार २ सय रुपैयाँ बजेट छुट्टाएकी छन् । विनियोजित विभिन्न शिर्षक मध्ये ठूलो रकम कृषि, पशुपालन र रोजगारी सिर्जनामा रहेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

१२ बर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान स्वस्तिमाले सांसद शाहलाई भनिन – मेरो तस्विरका कुरा संसदमा उठाउनु परयो ! पाल्पा लैजाँदै गरेको एक ट्रक अवैध मल बरामद ४० दिनदेखि अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला परे गोप्य कागजात प्रकरणः ट्रम्प माथीको अभियोग पुष्टी भए २० बर्ष जेल सजाँय हुने कारबाही अघि नै बेलायती पुर्व प्रधानमन्त्रीले दिए सांसद पदवाट राजिनामा शोषणमा परेको प्रजातन्त्र विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुँदैन: विनोद चौधरी नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै तराईमा तापक्रम नघटने, कोशी, गण्डकी तथा कर्णाली प्रदेश पानी पर्ने १३ वर्षदेखि रोकिएको संस्कृत विश्वविद्यालयको दीक्षान्त कार्यक्रम जेठ ३१ मा हुँदै बुटवलको ढवाहामा दोस्रो पीस पार्क मेला सुरु तिनाउमा विद्यालय व्यवस्थापन तथा अभिभावक संघका पदाधिकारीलाई अभिमूखिकरण बाघको छाला र हड्डीसहित दुईजना पक्राउ रुपन्देहीमा पर्यटन व्यवसायीको चिन्ता : ३० खर्ब लगानी डुब्ने डर, पलायन हुँदै व्यवसायी गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन रुपन्देहीका सामूदायिक विद्यालयमा रहेका कर्मचारी आन्दोलित राष्ट्र बैंकले भन्यो- चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा गाउँको व्यथा कसलाई के थाहा ?