२१ जेष्ठ २०८०, आईतवार

Jun 4, 2023

काठमाडौँ । चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासादेखि निङ्ची सहरसम्म पहिलो पटक रेल सेवा सुरू भएको छ। चाइना नेशनल रेलवे कर्पोरेसनका अनुसार फुक्सिङ बुलेट ट्रेनको शुक्रबार उद्घाटन गरिएको छ।

उक्त रेल प्रतिघन्टा १६० किलोमिटरका गतिमा कुद्नेछ। रेलमार्गमा ४७ ठाउँमा टनेल बनाइएको छ भने १२१ वटा पुलहरू निर्माण गरिएका छन्। ल्हासा(निङ्चीको ४३५ किलोमिटर दूरी पार गर्न रेललाई ३ घन्टा २९ मिनेट लाग्ने ग्लोबल टाइम्सले जनाएको छ। रेलमार्गको ९० प्रतिशत भाग समुद्री सतहदेखि ३ हजार मिटरको उचाइमा रहेको छ। यो रेलमार्ग बनाउने काम सन् २०१४ मा सुरू भएको थियो। ४.८ अर्ब डलर लगानीमा सन् २०२० को अन्त्यमा निर्माण सकिएको रेलमार्गमा केही दिनअघि परीक्षण गरिएको थियो।

चीनमा जुलाई १ मा चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सयौं वार्षिकोत्सव मनाइँदैछ। त्यसको एक साताअघि स्वशासित क्षेत्र तिब्बतमा विद्युतीय रेलको उद्घाटन गरिएको हो। निङ्ची सहर भारतको अरूणाञ्चल प्रदेशदेखि नजिकै रहेको छ। अरूणाञ्चलबारे भारत र चीनबीच विवाद छ

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

घरबहाल सम्बन्धी समस्या समाधान गर्न राज्यपक्ष गम्भिर हुनुपर्ने एक पक्षीय भएको भन्दै पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले गर्यो अस्वीकार भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : चित्रबहादुर केसी राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनलाई सर्वोच्चले रोक्यो भिरबाट लडेर १९ वर्षीय किशोरको मुत्यु नवलपरासीमा भत्किएको पुलमा दुर्घटना भएको मृतकको परिचय खुल्यो जाउँ हिड रेसुङ्गा… १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट छुवाछुत उन्मूलन दिवसको अवसरमा देविनगर राखियो सूचना वोड प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी लागूऔषधसहित ६ जना पक्राउ मलेसियासँगको शृंखला उपाधि नेपाललाई जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयोः महेन्द्र यादव खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण, भुक्तानी दिएको १४ लाख गायब संसद बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी   काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका