१७ मंसिर २०७८, शुक्रबार

Dec 3, 2021

मुम्बई । भारतका प्रख्यात धावक मिल्खा सिंहको चन्डीगढ अस्पतालमा निधनभएको छ । उनी पछिल्लो समय कोरोनाबाट संक्रमितथिए । पाँच दिन पहिले मिल्खा सिंहकी पत्नी निर्मल मिल्खा सिंहको निधन पनि कोरोनाकै कारण भएको थियो । ९१ वर्षका सिंहलाई चन्डीगढस्थित पिजीआईएमईआरमा भर्ती गराइएको थियो । जहाँ शुक्रबार उनको स्वास्थ निकै बिग्रियो र धेरै कोसिसका बाबजुद पनि उनलाई बचाउन सकिएन ।

Advertisement

पिजीआईएमईआर अस्पतालका प्रवक्ता अशोक कुमारका अनुसार शुक्रबार राति ११ः३० बजे मिल्खा सिंहको निधन भएको हो । २० मेइमा उनलाई अस्पतालको आईसियुमा भर्ना गरिएको थियो । १३ जुनसम्म उनी आईसियुमा थिए र यस दौरान उनले कोरोना पनि जितेका थिए । १३ जनुमा कोरोनाको रिपोर्ट नेगेटिभ आए पनि कोभिड सम्बन्धी समस्या जारी नै रह्यो र उनलाई फेरि आईसियु भर्ना गर्नुप¥यो । यसपटक तमाम कोसिस काबाबजुद चिकित्सकहरुले उनलाई बचाउन सकेनन् ।

फ्लाइंगसिखको नामले प्रख्यात

मिल्खा सिंह भारतका एक्ला त्यस्ता धावक हुन्, जसले ४ सय मिटरको दौडमा एशियाली खेल र कमनवेल्थ खेलकुदमा पनि गोल्ड मेडल जितेका थिए । १९५८ को टोकियो एशियाली खेलकुदमा मिल्खा सिंहले २ सय मिटर र ४ सय मिटरको दौडमा गोल्ड मेडल जितेका थिए । त्यस्तै, उनले १९६२ को जकार्ता एशियाली खेलकुदमा ४ सय मिटर र चार गुणा ४ सय मिटर रिलेमागोल्ड मेडल जितेकाथिए । यस्ता धेरै उपाधिहरु उनको नाममा छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मिल्खा सिंहसँगको तस्विर शेयर गर्दै उनीप्रति श्रद्धान्जली व्यक्त गरेका छन् । ‘मिल्खा सिंहजीको निधनबाट हामीले एक महान् खेलाडी गुमाएका छौं । असंख्य मानिसहरुको मनमाउनको विशेष स्थानथियो । उनको प्रेरक व्यक्तित्वले लाखौं मानिसहरुलाई प्रेरित गर्‍यो । म उनको निधनले आहत छु,’मोदीले ट्वीटरमा लेखेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

घरेलु टोलिले जित्यो आत्मानन्द गोल्डकपको उपाधि नेकपा एमाले वैचारिक कार्यदिशाबाट विचलित बन्यो: नारायणकाजी श्रेष्ठ बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रेग्मीको विदाई, भारतीलाई स्वागत ‘ओमिक्रोन’बाट जोगिन तत्काल सावधानी अपनाउन आवश्यक : राष्ट्रपति लुम्बिनीसँग जोडिएका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि साइकल यात्रा आगलागीबाट ७० लाख बराबरको क्षति कांग्रेस बाग्मती प्रदेश सभापतिमा बानियाँ, केसी र प्रधानले दिए उम्मेदवारी ६ करोड बढी लागतमा बुटवलमा गार्डेन मार्ट डिपार्टमेण्ट स्टोर ! कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर र मिश्र भिड्दै सुदूरपश्चिम प्रदेश : आन्तरिक मामिला मन्त्रालय तीन महिनादेखि सचिवविहीन, आर्थिक कारोबार बन्दले सेवा प्रवाहमा समस्या राप्रपा महाधिवेशन : नेताहरूलाई भोट माग्न भ्याइनभ्याइ हिमपातले हुम्लामा दुई दिनदेखि हवाई सेवा बन्द विवेकशील साझाले शनिबार ललितपुरमा बृहत आमसभा गर्दै काँग्रेस महाधिवेशनः लुम्बिनीमा शाह र पुनले प्यानलसहित गरे उम्मेदवारी दर्ता पानीमा डुबेर डेढ वर्षिया बालिकाको मृत्यु ४४ लिटर रक्तचन्दनको तेल सहित २ जना पक्राउ अग्रता जोगाउन नसक्दा फ्रेन्ड्सले थ्री स्टारसँग अंक बाँड्याे नायिका करिश्मा र गायिका रचना पनि कक्षा १२ उत्तीर्ण कार दुर्घटना हुँदा अस्पतालका ५ कर्मचारीको मृत्यु रेडपाण्डाको जस्तो देखिने छाला सहित २ जना पक्राउ