ताजा अपडेट »

मन्त्रीपरिषद्ले पायो पूर्णता: सञ्चार मन्त्रीमा बादलपत्नी नैनकला

विहीबार, २७ जेठ २०७८, १५ : १५
6 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्रीले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेपनि रक्षा मन्त्रालय भने आफै विस्तार गरेका छन् ।  प्रधानमन्त्रीले एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दै जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षबाट एक मन्त्री बनाउँदै मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।

ओलीले रक्षा मन्त्रालय आफैँसँग राखेका छन् । ओलीले गृह मन्त्रीमा खगराज अधिकारीलाई नियुक्त गरेका छन् । यस्तै, नैनकला थापा- सञ्चार तथा सूचना प्रविधि मन्त्री, ज्वालाकुमारी साह- कृषि मन्त्री, नारदमुनी राना- वनमन्त्री, मोहन बाँनिया- विना विभागीय, राजकिशोर यादव-उद्योग मन्त्री, गणेश पहाडी-सामान्य प्रशासन मन्त्री र आशा बिक वन राज्यमन्त्री नियुक्त भएका छन् । नैनकला थापा एमाले नेता एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।