ताजा अपडेट »

प्रेमिकासँग रात बिताएका प्रेमी मृत फेला

बुधबार, १८ असार २०७६, १५ : २२
18 Shares

असार १८,
काठमाण्डौं । प्रेमिकासँगको रोमान्स एक प्रेमीका लागि मृत्युमा परिणत भएको छ । काठमाडौंको गोेंगबुस्थित शुभकलश गेस्टहाउसमा आफ्नी प्रेमिकासँग मंगलबार साँझ रात बिताउन पुगेका एक युवक बुधबार बिहान मृत अवस्थामा भेटिएका छन् ।

असार ११ गते दुबईबाट नेपाल फर्किएका २६ वर्षीय प्रमोद गुरुङ सोही दिनदेखि म्याग्दी घर भएकी प्रेमिकासँग उक्त गेस्टहाउसमा बस्दै आए पनि १४ देखि १७ गतेसम्म नगरकोट घुम्न गएका थिए । फेसबुकमार्फत चिनजान भएपछि प्रेमी–प्रेमिका बनेका उनीहरू सो गेस्टहाउसको कोठा नम्बर १०४ मा बस्दै आएका थिए । बुधबार बिहान गुरुङकी प्रेमिकाले होटेलको रिसेप्सनमा आई उनको मृत्यु भएको जानकारी गराएकी थिइन् ।

उनीहरू बसेको उक्त कोठामा बियरका रित्ता बोतल, चुरोटका ठुटाहरू र यौनबद्र्धक औषधि फेला परेको प्रहरीले जनाएको छ । गुरुङको मृत्युको कारण अहिलेसम्म खुल्न सकेको छैन । प्रहरीले गेस्टहाउस सञ्चालक र प्रेमिकालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । अविवाहित रहेका उनीहरू ११ गतेदेखि १४ गतेसम्म सोही होटेलमा बसेका र त्यसपछि नगरकोट घुम्न गएकामा मंगलबार साँझ पुनः सोही गेस्टहाउसमा आएर बसेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।