ताजा अपडेट »

महिनावारी (भिडियोसहित)

शुक्रबार, १४ जेठ २०७८, ११ : ४३
58 Shares

शुक्रबारको दिन
सुनौलो बिहानीमा आमासँगै उठेर किताब समाती पढ्न बसेकी थिएँ ,
हातमा किताब तर, ध्यान भने विघ्यालयमा आज ‘के हुने होला?’ भन्दै मन अल्झि र बल्झिरहेको थियो।
काल्पनिक दुनियाँमा झसङ्ग हुँदै मैले आफ्नो कपडामा चिसोको अनुभव गरेँ, कहिल्यै नहराउने मेरो मन अरु केही नभई केटीदेखि महिला अवस्थामा पुगी हराएको पो रहेछ।।

आफ्नो कपडाको रगतले डराएको मेरो मन र लाजले रातो भएको अनुहार,
तर, मैले परिवारलाई बुझाउन सकिन, समाजसँग लड्न सकिन र छाउपडीको सिकार बन्न पुगेँ।
हो म सामाजिक पढ्छु तर, समाजलाई बुझाउन नसकी छाउपडीमा बाधिँए।
हो म स्वास्थ्य जीवन पढ्छु तर, म आफ्नो स्वास्थ्य बचाउन सकिन टालो लगाएँ।।

हो, सियोले सिएसरी मेरो मुख सिलिएको थियो , आँसुका धाराले आँखा सुनिएका थिएँ,
र, तीरले चिरेसरी मेरो मन चिरिएको थियो । म विद्यालय जान पाइन।
छाउपडीको एउटा सानो प्वाल ‘मेरो आँखीझ्यालले“
म सँसार हेर्न चाहान्थे तर अफ्सोस मत छोरीको जात ।।

त्यो रातमा सर्पको डर,जनावर जस्ता मानिसहरुको त्रास, पीडा बुझेपनि नारीले नै नारीलाई दबाईएको डर,
बिल्कुल त्यो सुनसान रात! म सुत्नु कसरी?
ढाड दुखेको छ, पेट दुखेको छ तर, छोरो मान्छेलाई कहाँ छुन हुन्छ र,
डाक्टर त छोरोमान्छे अनि म बाहिर सरेकी आइमाई पो हुँ त।।

महिनावारीको ६ दिनमा विद्यालय गएँ,
के भन्नु साथीहरूलाई भन्दै अत्ति डराएकी थिएँ ।
के भयो उनलाई भन्दै प्रश्न आएको छ,
बिरामी छे भन्दै कुरा फेरि टालिएको छ ।।

तर,कसरी चुप बस्नु? रुख नछो फल कुइन्छ,
अचार नछो बिग्रन्छ ।
छुट्टै कपडा छुट्टै विस्तारा छुट्टै कोठामा बस्थे म ।
कसैले केही सोध्दा बिरामी थे भन्थे म ।।

नेपाल बुन्ने सपना म सधैं कोरिरहन्थे,
संसारमा चिनाउने सगरमाथा चढ्न दिनहरु सधैं जोडिरहन्थे,तर अफ्सोँच म त छोरीको जात,
किन सधैं भाईमात्र सहर जान्छर ?
ऊ त छोरा फेरि उसलाई समाजको साथ ।।

आज ठ्याक्कै १५ वर्ष भएको छ पाठेघर क्यान्सरका कारण मेरो पाठेघर फालिएको,
म आफूलाई बचाउन चाँहदैनथे आत्महत्या गर्नेपनि धेरै कोसिस गरेँ।
तर, आफूले छोरी जन्माउन नसकेपनि समाजका हरेक छोरीलाई बचाउन त सक्छु नी भन्दै आजफेरि उठेकी छु,
मेरो सपना अधुरो रहेपनि मेरा छोरीहरुको सपना पूरा गर्न आज फेरि अघि बढेकी छु।।

हरेक नारीलाई यस्ता वेदनाबाट बचाउने सपना म अझैपनि बुन्दै छु।
हो,हरेक नारीलाई यस्ता वेदनाबाट बचाउने सपना म आजपनि बुन्दै छु।।

https://youtu.be/av9OFx9VsKg
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।