६ जेष्ठ २०७९, शुक्रबार

May 20, 2022

गुल्मी । पछिल्लो तीन दिन यता गुल्मीमा ६ देखि ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार पहिलो दिन ११ जनाको मृत्यु भएको थियो भने दोश्रो दिन सोमबार ६ जनाको र आज तेश्रो दिन मंगलवार पनि ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्याल गुल्मीले मंगलबार जारी गरेको सुचना अनुुसार सत्यवती गाउँपालिका ४ का ७५ वर्षीय पुरुषको रिडी हेल्थ डेक्समा र सोही गाउँपालिका वडा नम्वर ४ का ४७ बर्षिय पुरुषको पनि सोही पाल्पा मिशन अस्पतालमा मृत्यु भएको छ ।

त्यस्तै चन्द्रकोट गाउँपालिका ४ का ६७ बर्षीय पुरुष र सोही वडाका ३६ बर्षीय पुरुषको पनि मिशन अस्पताल पाल्पामा मृत्यु भएको छ । रुरु क्षेत्र गाउँपालिकाका २ का ७३ बर्षीया पुरुषको रेसुङ्गा अस्पतालमा र मालिका गाउँपालिका ४ का ७९ वर्षीय पुरुषको गुल्मी अस्पतालमा मृत्यु भएको छ ।स्वास्थ्य कार्यालयका फोकल पर्शन गोपालबहादुर कार्कीका अनुसार हाल सम्ममा गुल्मीमा कोरोना संक्रमणबाट ७१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १६४ जनाको पिसिआर गराईएकोमा ५४ जना पोजेटिभ भेटिएका छन् ।

यो सहित कुल संक्रमितको संख्या ११०८ पुगेको छ । जस मध्ये होम आईसोलेशनमा १०५५ रहेका छन् । आईसोलेशनमा ४८ जनाले उपभचार गराई रहेका छन् । आइसियूमा४ जना र भेन्टिलेटरमा एक जनाले उपचार गराई रहेका छन । जिल्लामा एक निजी सहित दुई वटा १ सय ७१ शैयाका कोरोना अस्पताल छन् । पालिका स्तर सहित २२३ वटा आईसोलेशन रहेका छन् । गुल्मी अस्पतालमा ९६ वटा भरी अक्सिजन सिलेन्डर छन् भने खाली १२७ वटा रहेका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

काठमाण्डौंमा बालेन करिब १२ हजार मतले अघि, यस्तो छ पछिल्लो मत परिणाम ५७९ स्थानीय तहको मतगणना सम्पन्न, २९,३०३ उम्मेदवार निर्वाचित बर्दघाटको मेयर र उपमेयरमा गठबन्धनका काग्रेंस-माओवादी विजयी तिलोत्तमामा एमालेका चापागाईं १३५ मतले अघि, पुन: मत गणना भएका वडामा काँग्रेसलाई अग्रता मदन भण्डारी यु–१४ क्रिकेट: बुटवल र सैनामैना फाइनलमा नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित कपिलवस्तुको शिवराज नगरपालिका मेयरमा राप्रपा विजयी २२ वर्षदेखि फरार अभियुक्त चुनावका बेला गाउँ जाँदा पक्राऊ चुनाव स्थानीय तहको, जित टोपबहादुर रायमाझीको बुटवलमा कांग्रेसका पाण्डेय र एमालेका भट्टराईबीच ६ हजार बढी मतको भिन्नता सियारीमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भरतपुरमा कसले कति पाए मत ? यू-२० साफको तालिका सार्वजनिक, पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालमा थपिए १२ कोरोना संक्रमित पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई सेयर बजार २३ अंकले ओरालाे अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो नेपालले दुई खेलअगावै गुमायाे युगान्डाविरूद्धकाे शृंखला सैनामैनामा कांग्रेसका शर्माको अग्रता कायमै