१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

टोकियो । जापानको कूल गार्हस्थ्य उत्पादन ९जिडिपी० सन् २०२० मा ४।६ प्रतिशतले खुम्चिएको छ । सन् १९५५ यता एक आर्थिक वर्षमा यतिठूलो मात्रामा जिडिपीमा कमी आएको पहिलो पटक रहेको जापानी तथ्याँक विभागले जनाएको छ । सन् २००८ को विश्वव्यापी आर्थिक सङ्कटका क्रममा जापानको अर्थतन्त्र ३।६ प्रतिशतले संकुचित भएको थियो ।

साथै यस वर्ष सन् २०२१ को जनवरीदेखि मार्चको तीन महिनाको अवधिमा पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा देशको अर्थतन्त्र ५।१ प्रतिशतले घटेको छ । जापानको प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा कोरोनाभाइरस संक्रमण रोक्न सरकारले ल्याएको आपतकालीन उपायहरुका कारण अर्थतन्त्रमा मन्दी आएको उल्लेख छ । गत वर्ष नोभेम्बरदेखि कोभिड–१९ को संक्रमण बढेसँगै सरकारले टोकियो महानगर क्षेत्रमा जनवरीको शुरुतिर आपतकालीन स्थितिको घोषणा गरेको थियो । तर मार्चको अन्त्यतिर प्रतिबन्ध हटाउनुअघि जापानमा टोकियो सहित ४७ वटा प्रिफेक्चरमा आपतकाल लगाइएको थियो ।

आपतकालका दिनहरुमा मानिसलाई घरभित्रै बस्न ताथ रेस्टुराँ र बारहरु खुल्ने समय छोट्याइएको थियो जसबाट निजी उपभोगमा १।४ प्रतिशतले गिरावट आएको थियो । सन् २०२० को दोस्रो त्रैमासिक अवधिमा तिब्र रुपमा गिरावट आएको जिडिपीमा अक्टोबर–डिसेम्बरको अवधिमा अर्थतन्त्र पुनः पुरानै लयमा फर्किएको थियो । यस अवधिमा जापानको उपभोग र निर्यात दुबै बढेको थियो । केही विश्लेषकहरुका भनाईमा कोभिड–१९ को आपतकाल घोषणाका कारण जापानको अर्थतन्त्र चालु अप्रिल–जुन अवधिमा पनि केही खुम्चिने छ । जापानमा कोभिड–१९ को खोप लगाउने दर पनि विकसित मुलुकहरुको दाँजोमा न्यून रहेको छ । -सिन्ह्वा

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

विहिबारदेखि हुने एसईई परीक्षाको तयारी पूरा, ५ लाख १६ हजार विद्यार्थी सहभागी हुँदै दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप