९ जेष्ठ २०७९, सोमबार

May 23, 2022

नेपालगञ्ज । दोस्रोे चरणको कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिन थालेपछि भारतमा रोजगारीका लागि गएका ७१ हजारभन्दा बढी नेपाली नेपालगञ्जस्थित जमुनाह नाका भएर नेपाल फर्किएका छन् । भारतमा सङ्क्रमणले भयावह रुप लिएपछि त्यहाँका अधिकांश सहरमा कोरोना कर्फ्यू लगाइएकोले गत एक महिनाको अवधिमा रोजगारीका लागि त्यहाँ गएका ७१ हजार ७६ जना नेपाली जमुनाह नाका भएर स्वदेश फर्किएको जमुनाह प्रहरीले जनाएको छ ।

Advertisement

सीमानामा रहेको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख सई विष्णु गिरीले दोस्रो चरणको कोरोना लहर शुरु भएयता मात्रै यो नाकाबाट ७१ हजार ७६ जना नेपाली नेपाल फर्किएको बताए । उनले भारतमा अधिकांश सहर बन्द गरिएपछि दैनिक दुई हजारदेखि ३ हजार पाँच सयसम्म नेपालीहरु यो ननाका भएर स्वदेश फर्किएको बताए । हाल आएर दैनिक दुई हजारको हाराहारीमा नेपालीहरु फर्किरहेको पनि सई गिरीले बताउनुभयो । भारतबाट फर्किनेहरुको लगत संकलन तथा स्वास्थ्य परीक्षण र अन्य परामर्शका लागि जमुनाह नाकामा चैत ११ देखि हेल्थडेस्क स्थापना गरिएको छ ।

हालसम्म सो हेल्थ डेस्क पार गरेर ७१ हजार ७६ जना स्वदेश फिर्ता हुनुभएकोमा लक्षण चिन्ह देखिएका सहित १ हजार ५४१ जनाको एन्टिजिन परीक्षण गरिएकोमा १९८ जनामा कोभिड पोजिटिभ देखिएको जमुनाहस्थित हेल्थ डेस्कले जनाएको छ । नेपालगञ्ज उपमहानगरको स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले धेरै ठुलो संख्यामा नेपालीहरु फिर्ता भैरहेकोले सिमिति जनशक्तिको भरमा नेपाल भित्रिनेको लगत सङ्कलनका साथै स्वास्थ्य परीक्षण र एन्टिजेन परीक्षण समेत भैरहेको बताए।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सहकार्यमा जमूनाह भन्सारमा भारतबाट फर्किनेहरुको सहजताका लागि होलिडङ सेन्टर समेत सञ्चालन गरिएको छ । भारतबाट फर्किनेहरुको सीमानाकामा हुने एन्टिजिन परीक्षणमा पोजिटिभ देखिएपछि राख्नका लागि होटल ह्वाईटहाउसमा ५० बेडको आइसोलेसन वार्ड सञ्चालन गरिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ । उक्त आइसोलेसनमा घरमा आईसोलेसनको उपयुक्त व्यवस्था नभएका नगरबासीले समेत सेवा लिइरहनुभएको जनाइएको छ ।-सिराज खान/गोरखापत्र अनलाइन

प्रतिकृया दिनुहोस्

Flash News

मौसम : हावाहुरीसहित वर्षाको सम्भावना क्यानडामा भीषण आँधीः ९ लाख घर विद्युतविहीन दलले छानेकालाई अस्वीकृत गर्दै मतदाता गौतमबुद्ध अन्तरास्ट्रिय बिमानस्थलमा जजीरा एयरसँग चरा ठोक्कियो, उडान हुन सकेन स्थानीय सरकार र छाडा पशु चौपाया व्यवस्थापनको मुद्दा मोबाइल एपबाटै यसरी भगाउनुहोस्, आफ्नो वरपरका लामखुट्टे मणिमुकुन्द क्लबले मनायो पाँचौ राष्ट्रिय भलिबल दिवस, तिलोत्तमामा दिप प्रज्वलन चट्याङ लागेर एक जनाको मृत्यु, तीन गम्भीर घाइते बाघको आक्रमणबाट फूलकुमारीको मृत्यु पेट्रोलियम पदार्थमा १० रुपैयाँ, ग्यासमा २ सयले मूल्यवृद्धि तिलोत्तमामा कारले मोटरसाइकललाई ठक्कर दियो रेशम चौधरी जेलमा, रिहा माग्‍ने पार्टी बन्यो पहिलो बालेनको मत ४१ हजार कट्यो, सिंह स्थापितसँग मतान्तर बढाउँदै धरान उपहानगर मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित तिलोत्तमामा खाँणले अग्रता बढाउँदै, चापागाईँ भन्दा ३५७ मतले अगाडि स्थानीय निर्वाचन: एक समीक्षा बाबुराम भट्टराईको गृह प्रदेशको स्थानीय तह नेतृत्वमा जसपा शून्य रुपन्देहीमा पालिका प्रमुख हार्दा उपप्रमुखमा भने एमालेको बर्चश्व सकसमा नेपाली अर्थतन्त्र धारिलो हतियार प्रहार गरी बाबु-छोराको हत्या, तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिँदै