ताजा अपडेट »

भृकुटीमण्डपमा ‘मिडिया महाकुम्भ मेला’ हुँदै

बुधबार, ०९ माघ २०७५, १३ : १०
4 Shares

काठमाडौं । एकेडमी अफ मिडिया एण्ड इभेन्ट म्यानेज्मेन्ट र राष्ट्रिय मिडिया प्रतिष्ठान तथा अनुसन्धान केन्द्र नेपालको संयुक्त आयोजनामा यही चैत्र २९ देखि २०७६ वैशाख १ सम्म ‘मिडिया महाकुम्भ मेला’ आयोजना हुन लागेको छ ।

काठमाडौंको भृकुटीमण्डपमा हुने उक्त मेला नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालय लगायत मिडियासँग सम्बन्ध राख्ने संघसंस्थाहरु त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ लगायत नेपालका व्यवसायिक सम्बद्ध संघसंस्थाहरुको सहकार्यमा हुन गइरहेको हो । 

मिडियामार्फत् देशमा सुशासन कायम गर्ने, गरिबी न्यूनीकरण गर्दै आर्थिक तथा सामाजिक रुपान्तरण गरेर दिगो विकास स्थापना गर्ने सरकारको लक्ष्यलाई मद्दत पु¥याउनमा सो मेलाले भूमिका निर्वाह गर्ने आयोजक डम्बर शाहूले बताए ।

‘आगन्तुक तथा सेवाग्राहीले मिडिया सम्बन्धि वस्तु तथा सेवाको बारेमा र विश्वमा हाल प्रयोग भइरहेको उच्चतम मिडिया प्रविधिबारे जानकारी पाउनेछन्’, कार्यक्रममा बोल्दै उनले भने, ‘अर्कातिर, सेवाप्रदायक कम्पनी तथा व्यवसायिक संघसंस्थाहरुले पनि स्वच्छ प्रतिस्पर्धात्मक वातावरण, नयाँ उपकरण, बजार व्यवस्थापन बारे जानकारी पाउनेछन् ।’

‘मिडिया, कम्युनिकेसन र एडभर्टाइजिङ एक्स्पो २०१९’ प्रदर्शनीमा करिब २३ देशका १ सय ५० भन्दा बढी कम्पनी र संघसंस्थाहरुले सहभागिता जनाउने अपेक्षा गरिएको छ । अहिलेसम्म ३१ वटा कम्पनीहरुले आफ्नो बुकिङ गरिसकेको आयोजक शाहूले बताए । 
 


ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।