२३ असार २०७९, बिहीबार

Jul 7, 2022

पर्सा । नेपालबाट भारततर्फ लैजाँदै गरेको प्रतिबन्धित लागुऔषध गाँजासहित पर्सा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१५ बाइपास सडकखण्डबाट १९ किलोग्राम गाँजासहित वीरगञ्ज महानगरपालिका–१३ मुर्ली निवासी उमर अन्सारीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

ना३८प ६२२६ नंको मोटरसाइकलमा राखी भारततर्फ जाने क्रममा प्रहरीले अन्सारीलाई गाँजासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए। उनले मङ्गलबार वीरगञ्जबाट दक्षिणततर्फ जाँदै गरेका अन्सारीलाई रोकी जाँच गर्दा दुई पोकामा रहेको गाँजा बरामद भएपछि आवश्यक अनुसन्धानका लागि अन्सारीलाई नियन्त्रणमा लिइएको बताए । बरामद गाँजा, मोटरसाइकल र पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी लागुऔषध कसुर मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा भोलिदेखि सुरु हुँदै प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड कपिलवस्तुमा करेन्ट लागेर २२ वर्षीय तेलीको मृत्यु प्रहरी समायोजन ऐन कार्यान्वयन नभए आन्दोलनमा उत्रिने ६ वटा प्रदेशको चेतावनी माओवादीको पोलिट्ब्यूरो १५६ सदस्यीय, ३१ वैकल्पिक सदस्य थप उपराष्ट्रपतिले भारतीय राजदूतसँग भने– नेपाल, भारत र चीनबीच त्रीपक्षीय सहकार्य गर्नुपर्छ एम्बुलेन्स दुर्घटना हुँदा तीन महिने शिशुको मृत्यु मिस्टर एण्ड मिस नवलपरासीको उपाधि रवि र श्रुतिलाई लुम्बिनीको दाङमै उत्पादन हुन्छ डिएपी मल माओवादी पोलिटव्युरो १२५ सदस्यीय, प्रचण्डको परिवारबाट चार जना (नामसहित) नेप्से १६ अंकले घट्यो माओवादी केन्द्रको माग- एसपीपीमा सहभागी नहुने पत्र अविलम्ब अमेरिकालाई पठाइयोस् कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी, सुत्न र शौचालय जान समस्या प्रचण्डको प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते बुढीगंगाको मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाइ फायर तिनाउ करिडोरमा काम गर्ने एक मजदुर बुटवलको देविनगरमा मृत फेला आधारभुत विद्यालय : कोठा एक, कक्षा चार रुपन्देहीमा अवैध रूपमा ल्याउँदै गरेको सुनसहित भारतीय पक्राउ १५ वर्षीया किशोरी बलात्कृत पदाधिकारी आजै टुंगिन्छः वर्षमान पुन