६ चैत्र २०७९, सोमबार

Mar 20, 2023

बुटवल ।आज भएको त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला अन्तर्गत चौथो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ३ विकेटले पराजित भएको छ ।नेपालले दिएको दुई सय सात रनको लक्ष्य नेदरल्याण्ड्सले १९ ओभर तीन बलमा सात विकेट गुमाएर पूरा गरेको हो ।  नेदरल्याण्ड्सका लागि बास दि लिदेले अविजित ८१ रन बनाए । त्यस्तै बेन कुपरले ५५ र पेटर सेलारले ३१ रन बनाए । 

Advertisement

नेपालका लागि सन्दीप लामिछानेले चार विकेट लिए । आजको खेलमा सन्दीपले चार ओभरमा ४८ रन दिएर चार विकेट लिएका हुन् । त्यस्तै कुशल मल्ल, करण केसी र अविनाश बोहोराले एक विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय ६ रन बनाएको थियो । 

नेपालका लागि कुशल भुर्तेलले ६२, दीपेन्द्रसिंह ऐरीले ६० रन बनाए । प्रतियोगितामा कुशलको यो लगातार तेस्रो अर्धशतक हो ।त्यस्तै ज्ञानेन्द्र मल्लले २० र कुशल मल्लले १८ रनको योगदान गरे । त्यस्तै सोमपाल कामीले अविजित २१ रन बनाए ।नेदरल्याण्ड्सका लागि भिभियान किङ्गमा र पेटर सेलारले दुईरदुई विकेट लिए ।

आजको खेल हारे पनि नेपालको फाइनल प्रवेश गर्ने सम्भावना कायमै छ । आजको हारसँगै नेपालले फाइनल प्रवेशका लागि मलेसियासँगको खेल कुर्नुपर्ने भएको छ । मलेसियासँगको सानो अन्तरको हारले पनि नेपाल फाइनलमा पुग्न सक्नेछ ।

नेदरल्याण्ड्सको पनि फाइनलमा पुग्ने सम्भावना कायमै छ । तालिकामा नेदरल्याण्ड्सको पनि चार अङ्क भए पनि नेपाल रनरेटको आधारमा पहिलो स्थानमा छ । नेपालले लिग चरणको अन्तिम खेल आउँदो बिहीवार मलेसियासँग खेल्ने छ ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार