ताजा अपडेट »

कुशल भुर्तेलको लगातार तेस्रो अर्धशतक

मंगलबार, ०७ बैशाख २०७८, १४ : ४२
4 Shares

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेदरल्याण्डविरुद्ध नेपालका कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् । 

मंगलबार टियु क्रिकेट मैदानमा जारी खेलमा भुर्तेलले १३ ओभरको खेल सकिँदा अर्धशतक प्रहार गरेका हुन् । उनले ४३ बलमा १ छक्का र ६ चौकाको मद्धतमा अर्धशतक हानेका हुन् । उनी ६२ रन बनाएर आउट समेत भैसकेका छन् ।

भुर्तेलले यसअघि उद्घाटन खेलमा नेदरल्याण्डविरुद्ध नै अर्धशतक प्रहार गरेका थिए । सोमबार भएको दोस्रो खेलमा पनि मलेसियाविरुद्ध अर्धशतक पारी खेलेका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।