१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023

चितवन । जिल्लाका सात पालिकाका ३८ हजार घरपरिवारले भूमिसम्बन्धी समस्या समाधान आयोगमा निवेदन दिएका छन् । १५ हजार ६७९ भूमिहिन र २३ हजार १४२ अव्यवस्थित बसोवासीले निवेदन दिएका हुन् । भूमिसम्बन्धी समस्या समाधान आयोग गठन भए पश्चात् गत चैत मसान्तसम्ममा पालिकामार्फत फाराम भरेका छन् । आयोगका जिल्ला अध्यक्ष यादवप्रसाद पाठकका अनुसार भरतपुर महानगरपालिकामा चार हजार ८५८ अव्यवस्थित बसोवासी र पाँच हजार ५२ सुकुम्वासीले फाराम भरेका छन् । त्यसैगरी रत्ननगर नगरपालिकामा ९९९ अव्यवस्थित र एक हजार ३९९ सुकुम्बासी, खैरहनी नगरपालिकामा दुई हजार २२८ अव्यवस्थित र एक हजार ३५ सुकुम्बासीले फाराम भरेका छन् ।

त्यस्तै राप्ती नगरपालिकामा पाँच हजार ७७७ अव्यवस्थित, तीन हजार २५० सुकुम्बासी, कालिका नगरपालिकामा तीन हजार ६८५ अव्यवस्थित र एक हजार ९३५ सुकुम्बासी, माडी नगरपालिकामा तीन हजार १७९ अव्यवस्थित र दुई हजार २७४ सुकुम्बासी तथा इच्छाकामना गाउँपालिकामा दुई हजार ४१६ अव्यवस्थित बसोवासी र ७३४ सुकुम्बासीले फाराम भरेका आयोगका जिल्ला अध्यक्ष पाठकले जानकारी दिए । त्यसैगरी अधुरा कार्य सम्पादनमा ३५ दिने सूचनाअनुसार जिल्ला समितिमा तीन हजार ६२१ ले फाराम भराएका छन् । स्थानीय पालिकाको वडा कार्यालयमार्फत सो फाराम सङ्कलन भएको र सोको निर्णय वडा र सम्बन्धित पालिकाले गरी आयोगको कार्यालयमा आउने उनले जानकारी दिए ।

सुकुम्बासी र अव्यवस्थित बसोवासीको निवेदन उपर स्थानीय वडा, पालिकाले जाँच बुझ गर्ने र आवश्यक परेमा आयोगले छानविन गरी जग्गा उपलब्ध गराउने कार्य अगाडि बढाइने उनले जानकारी दिए । नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयबाट जिल्लामा बि.सं. २०७७ साल माघ २४ गतेदेखि आयोग गठन भएको हो । जिल्लाका शहरी क्षेत्रमा ठूलो सङ्ख्यामा भूमिहिन रहेका छन् । उनीहरुले वन तथा सार्वजनिक जग्गामा घर टहरा निर्माण गरी बस्ने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जका कतिपय क्षेत्रमा वन क्षेत्र अतिक्रमण गरी घर टहरा निर्माण गरेका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

निजी विद्यालयको सेटिङमा एसईईमा व्यापक चिट चोरी रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा चलचित्र ‘बहाव’को टिकट किन्दा निःशुल्क थाइल्याण्डकाे प्याकेज लुम्बिनीको अन्तर्राष्ट्रिय सभाहलमा पानी चुहियो, मर्मत नभएसम्म विल भुक्तानी रोक्का