८ चैत्र २०७९, बुधबार

Mar 22, 2023

ललितपुर । ललितपुरका पाँच स्थान पुल्चोक, बालकुमारी, महाबौद्ध, लगनखेल र पाटनढोका सडक भएर पर्यटकलाई पाटनका सम्पदा क्षेत्र अवलोकन गराइने भएको छ ।

सो कामका लागि ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, नेपालका लागि फिनल्याण्डका राजदूत पट्र्टी एन्टीनेन, नेपालका लागि श्रीलङ्काका राजदूत हिमाली अरुनातिलका, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐर, ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष मनोजबहादुर न्याछ्योंलगायतले आइतबार ललितपुरको श्रीबहाल, नबहाल, पूर्णचण्डी, मङ्गलबजार आदि क्षेत्रमा हेरिटेज वाकअर्थात् सम्पदा यात्रा गरेर उक्त कामको शुभारम्भ गरे । महानगरपालिकाका प्रमुख महर्जनले ललितपुरमा आन्तरिक तथा बाह्य पर्यटक बढाउने उद्देश्यका साथ सो काम अघि सारिएको बताए । उनले भने, “हामीले यहाँ पर्यटकले लामो समय बिताउन् भनी पुल्चोकबाट मङ्गलबजार हुँदै लगनखेल अनि जावलाखेल र अन्त्यमा पुल्चोकसम्म र दोस्रो रुट जावलाखेल हुँदै लगनखेल त्यसपछि एकान्तकुना भएर धोबीघाट अनि कुपण्डोल र अन्त्यमा सानेपासम्मै पर्यटकका लागि नि:शुल्क विद्युतीय बस सञ्चालन गर्ने योजना अघि बढाएका छन् । अब छिट्टै बिजुली बस पाटन भित्रिने छ ।”

पाटन आउने पर्यटकले यहाँका हरेक स्थान घुमेर आर्थिक वृद्धि गराउन् भन्ने उद्देश्यका साथ तीन दिनसम्म नि:शुल्क बिजुली बसमा यात्रा गर्ने अवसर दिन लागिएको महर्जनको भनाइ थियो । सङ्घका अध्यक्ष न्याछ्योंले ललितपुर जिल्ला कला र संस्कृतिको जीवन्त सङग्रहालय रहँदा यहाँका मूर्त तथा अमूर्त सम्पदाको प्रचारप्रसारमा आफूहरुले समेत विभिन्न काम गर्ने बताए । सङ्घका पर्यटन तथा सांस्कृतिक प्रवद्र्धन समिति संयोजक आपुलाल अवालेले पाटनमा पर्यटक आवागमन वृद्धि गर्न हरेक महिनाको अन्तिम शनिबार यी पाँच रुट भएर सम्पदा पदयात्रा गर्ने, पाटनको परिचत्र भएको पुस्तक, पर्चा, नक्सा छाप्ने तयारी गरिरहेको बताए । कार्यक्रममा महानगरपालिकाका केही वडाध्यक्ष, ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुम्बु सुवेदी, होटल सङ्घ नेपाल (हान)का उपाध्यक्ष विनायक शाह, टुरिष्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान) का अध्यक्ष बद्री नेपाल, चाइनीज गाइडका अध्यक्ष निशान प्रधान आदिको पनि उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव सेयर बजार १५.६७ अंकले ओरालो तिलोत्तमा नगरभित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना ! ओडिआईमा नेपालको सुधार, एक स्थानमाथि उक्लियो लागुऔषधसहित ९ जना पक्राउ राजनीतिक दलहरूकाे खिचातानीले विद्यालय प्रधानाध्यापकविहीन राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? चुँदारा पेसा गरेर दैनिकी चलाउनै कठिन अयोग्य लडाकुका नाममा फेरि रकम वितरण गर्ने सरकारकाे निर्णय अराजकताको पराकाष्ठा : राप्रपा भीम रावलको प्रश्न: जनताको मुख थुन्ने कु–बुद्धी कस्ले सिकायो ? शेखर कोइरालाले भने, ‘यो वा त्यो बहानामा ब्यक्तिगत फोन टयाप गर्न पाईदैन्’