१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023

पुनम गौतम/ पोर्तुगल ।नेपाली नारी समाज पोर्तुगलको तेस्रो महाअधिवेशन आइतबार सम्पन्न भएको छ । कोरोना महामारिले विश्व आक्रान्त बनिरहेको बेला समाजले सबैलाई समेट्ने गरि जुम भर्चुअलबाट अधिवेशन गरिएको हो ।

Advertisement

अधिवेशनले सीता श्रेष्ठ (शिवानी) को अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । जसको उपाध्यक्षहरुमा प्रितु लामा, ज्योत्सना अधिकारी, गिता रेउले(डि.सि), जानकी सुवेदी(पोर्तो) सहित पुनम गौतम महासचिवमा चयन भएका छन् ।

त्यस्तै कल्पना कार्की र मोनिका भुसाल सचिबमा चयन त्यस्तै डोङ्गा ल्हामु शेर्पा कोषाध्यक्षमा र देवि गुरुङ सह-कोषाध्यक्षमा चयन भएका छन् ।

यसैगरी कार्यसमिति सदस्यहरुमा लक्ष्मि परियार,स्मृति न्यौपाने, इन्दिरा श्रेष्ठ, अन्किता खनाल, गँगा लामा, स्नेहा परियार, बबिता शर्मा, बिन्दु गौतम पौडेल, ईन्द्रकुमारी थापा (चेली), बुद्धिमाया गुरुङ र सत्यदेवी गुरुङ सहित ११ जना सदस्य रहेका छन् ।

सन् २०१४ देखि पोर्तुगलमा महिलाहरुको क्षेत्रमा समाजिक रुपमा कार्य गर्दै आइरहेको समाजले प्रवासबाटै नेपाली चेलीबेटीहरुको पक्षमा वकालत गर्दै आइरहेको छ ।

पोर्तुगलमै बसोबास गर्ने दिदिबहिनीहरुका समस्या, हिँसामा छट्पटाएका महिलाहरुको समस्याहरुलाइ दुई पक्ष राखेर मिलाउने कोशीश गर्दै समाधानको बाटो पहिल्याउन र नेपालबाट आउने समस्याहरुलाइ समेत मध्यनजर गर्दै कानुनी परामर्श सहित उचित समाधान गर्ने गरेको छ ।

साथै समाजले महिलाहरुको क्षमता विकास, सिपमुलक कार्य तथा तालीमको साथै विदेशी भुमिमा रहेका दिदिबहिनीहरुलाइ लक्ष्यित गर्दै हाउस किपिङ, व्युटिसियन तालिम लगायतका थुप्रै अवसरहरु प्रदान गर्ने गरेको छ ।

तेस्रो कार्यकालमा युवाहरुको बाहुल्यता बढी भएकाले यो कार्यसमितिले आगामी दिनमा थप उत्साहजनक कार्य गर्ने जनाएको छ ।

छुटेर नभइ सबै नेपाली दिदिबहिनीहरु परदेशमा जुटेर लाग्नुपर्ने लिस्बनका लागि महाबाणिज्यदुत मकर हमालले बताए । प्रमुख अतिथि समेत रहेका हमालले भाइचाराको साथ अगाडि बढन आग्रह गर्दै नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गरे ।

गैरआवासिय नेपाली संघ पोर्तुगलको कार्यबाहक अध्यक्ष समेत भै सक्नुभएकी अध्यक्ष श्रेष्ठले यसपटक समग्र पोर्तुगलबासी दिदिबहिनीहरुको हकहितका लागि अझ शसत्त रुपमा अगाडी बढाउनका लागि आफ्नो भूमिका महत्त्वपूर्ण हुने बताए। ।

सँस्थापक अध्यक्ष सीता बरालको संयोजकत्वमा निर्वाचन समिति तय गरिएको थियोे भने समाजकी संरक्षक तथा लैङ्गिक विशेषज्ञ डाक्टर ज्योति तुलाधरले नयाँ कार्यसमितिलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकि थिईन ।

प्रतिकृया दिनुहोस्

Flash News

बुटवल-पाल्पा सडक दैनिक ९ घण्टा बन्द हुने उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर निजी विद्यालयको सेटिङमा एसईईमा व्यापक चिट चोरी रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा