१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023

बुटवल । शनिबार भएको त्रिदेशीय कप क्रिकेटको उद्घाटन खेलमा नेदरल्याण्ड्सलाई नौ विकेटले पराजित गर्दै नेपाल विजयी भयो । काठमाण्डौंमा जारी त्रिदेशीय कप क्रिकेटको पहिलो खेलमा नेपालले जितेपछि सम्पूणर् खेलप्रेमी लगाएत देशवासीमै खुशीयाली छायो । नेपालको विजयसँगै रुपन्देहीका युवा खेलाडी कुशल भुर्तेल पनि चम्किएका छन् । रुपन्देहीको तिलोत्तमाका कुशलले ६२ रन हासिल गर्दै नेपालको जीतमा महत्वपूणर् योगफल तयार गरे ।

Advertisement

नेपालको जितमा कुशल भुर्तेलले विष्फोटक पारी खेल्दै मात्र ३० बलमा आफ्नो अर्धशतक पूरा गरे । उनीसँग अर्का खेलाडी अरिफ शेषले साझेदारी गरेका थिए । दुबैजनाले नेपालका लागि टी-ट्वान्टी अन्तर्राष्ट्रियमा पहिलो विकेटका लागि गरेको साझेदारी अहिलेसम्मकै उच्च हो । नेपाललाई जितको लागि ४४ बलमा २१ रन ल्याउन आवश्यक छँदा कुशल भुर्तेल ६२ रनको ब्यक्तिगत योगफलमा पेभेलियन फर्किए । उनले मात्र ४६ बलमा पाँच चौका र पाँच छक्का लगाएर ६२ रन बनाए । क्रिकेटका लागि उर्वरभूमि मानिने रुपन्देहीका कुशल सानैदेखि क्रिकेट खेल्दै आएका छन् । उनका बुवा दिपक भुर्तेलपनि क्रिकेटमा रुचि राख्नुका साथै खेल क्षेत्रमा आवद्ध पनि छन् । उनी तिलोत्तमा क्रिकेट एकेडेमीका अध्यक्ष हुन्। सानैमा बाबाको इच्छा अनुसार उनी क्रिकेट खेल्न लागेको बताउँछन् ।

बाबु दिपक भुर्तेलको इच्छामा क्रिकेट खेलतर्फ लागेका कुशललाई उनी अध्ययनरत विद्यालयका क्रिकेट कोचको राम्रो साथ मिल्यो । रुपन्देहीको भलवारी स्थित अरनिको ईङ्गलिश बोर्डिङ स्कूलका क्रिकेट कोच हेमन्त श्रेष्ठबाट उनले राम्रो सहयोग पाएको बताए । कक्षा ९ मा अध्ययन गर्दा नै उनी अन्डर -१६ लागि छनौट भएका थिए । अन्डर-१६ क्वालिफायरमा छनौट भई अन्डर-१६ क्रिकेट प्रतियोगितामा खेलेका थिए । पहिलो खेल कुवेतसँग खेलेपछि उनको हाँत भाँचिएको थियो र उनी नेपाल फर्केका थिए । नेपाल फर्केर एसएलसीको तयारी र परीक्षासँगै क्रिकेटलाई पनि निरन्तरता दिए ।

तत्कालिन समयमा एसएलसी उत्तीणर्गरी बुटवलस्थित अक्सफोर्ड कलेजमा प्लस टू अध्ययन गर्दै क्रिकेटलाई पनि उनले निरन्तरता दिए । त्यसपछि उनी अन्डर-१९ क्वालिफायर खेले । सो खेलमा पनि उनी छनौट हुन सफल भए । अन्डर-१९ क्रिकेट प्रतियोगितामा उनको प्रदर्शन राम्रो रह्यो । सो प्रतियोगितामा नेपाल क्वार्टर फाइनलसम्म पुगेको थियो । क्वार्टरफाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो । त्यसपछि नेपाल प्रहरीमा आवद्ध भएका उनी क्लब स्तरीय खेलहरु पुलिस क्लबबाट नै खेल्छन् । उनी हालसम्म अन्डर-१६ ,अन्डर-१९ ,इमर्जिङ कप, साग लगाएत करिब एक दर्जन अन्तराष्ट्रिय खेल खेलेका छन् । शनिबार भएको त्रिदेशीय कप क्रिकेट खेल टि-२० मा उनको पहिलो डेब्यू हो ।

पहिलो टि-२० अन्तराष्ट्रिय खेलमा नेदरल्याण्ड विरुद्ध उनले गरेको प्रदर्शन उनको मात्रै होइन । अन्तराष्ट्रिय खेलमा नेपालको साझेदारी पनि उत्कृष्ट हो । पारस खडका र ज्ञानेन्द्र मल्लले यसअघि पहिलो विकेटका लागि गरेको शतकीय साझेदारीको कीर्तिमान समेत भुर्तेल र शेषको जोडीले भङ्ग गरे । पारस र ज्ञानेन्द्रले सन् २०१९ को मार्चमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमै शतकीय साझेदारी गरेका थिए । पहिले बुवा दिपक भुर्तेलको इच्छा र प्रेरणामा क्रिकेट सुरु गरेका उनले निरन्तर क्रिकेटमा सफलता प्रापत गर्दै आएका छन् । भन्छन्,पहिले बाबाको इच्छा अनुसार सुरु गरेको हुँ । पछि देशका लागि खेल्ने भएँ । अझै देशका लागि धेरै खेल खेल्न र उत्कृष्ट प्रदर्शन गर्दै नेपालको क्रिकेट यात्रामा सहयात्री बन्न छ । मलाई यहाँसम्म आउन प्रेरणा र साथ दिने बुवा, परिवार, विद्यालय, कलेज,कोच, रुपन्देहीबासी, अग्रज खेलाडी लगाएत सम्पूणर् नेपालीमा हार्दिक धन्यवाद दिन चाहान्छु ।’

उनीसँगै हाल टिममा रुपन्देहीका ४ खेलाडी छन् । कुशल मल्ल,शुसान भारी ,साहब आलम र कुशल भुर्तेल गरी रुपन्देहीका होनहार युवा खेलाडी नेपाली राष्ट्रिय टोलीमा हुनु रुपन्देहीका लागि निकै गौरवको कुरा हो । १६ वर्षदेखि अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न सुरु गरेका कुशलले ८ वर्षपछि मात्रै टि-२० मा डेब्यू गरे । पहिलो खेलमै उनले नेपालमा मात्रै होइन विश्वमा आफूलाई चिनाएका छन् । पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका उनलाई आगामी दिनमा थप जिम्मेवारी र चूनौती थपिएका छन् ।उनी भन्छन् , थप चूनौती र जिम्मेवारी थपिएको छ । तर, म आत्तिएको छैन । सोही फर्ममा नै खेल्ने प्रयास रहने छ मेरो ।’

काठमाण्डौं बस्दै आएका कुशल गत दशैंमा गृह जिल्ला रुपन्देही र गृह नगर तिलोत्तमामा आएको बताउँछन् । प्रतियोगिता सकिएपछि पुनः आउने उनले बताए । सिरिज अन्तर्गत नेपाल सोमबार मलेशियासँग दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा सर्वोत्कृष्ट साझेदारी र ओपनिङमा सर्वाधिक रनको रेकर्ड बनाएका कुशलसँगै नेपाली टिमलाई पनि चूनौती छ । विश्वव्यापी कोरोना महामारीको असरमा एक वर्ष खेल क्षेपनि करिब ठप्प नै रहयो । एक वर्षपछिको पहिलो खेलमा नेपालले प्राप्त गरेको उपलब्धी नेपाली खेल क्षेत्रमा सुखद र सन्तुष्टिजनकसँगै प्रेरणादायी प्राप्ति बनेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा चलचित्र ‘बहाव’को टिकट किन्दा निःशुल्क थाइल्याण्डकाे प्याकेज लुम्बिनीको अन्तर्राष्ट्रिय सभाहलमा पानी चुहियो, मर्मत नभएसम्म विल भुक्तानी रोक्का प्रतिनिधिसभा सदस्यको मञ्जु शर्मा अन्सारीले लिइन् शपथ