ताजा अपडेट »

सात वटै प्रदेशले आज बजेट प्रस्तुत गर्दै

आइतबार, ०१ असार २०७६, १० : ५८
4 Shares

असार १,

बुटवल । संघीय संरचना अनुसार देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७६÷७७ को बजेट आज सार्वजनिक गर्दैछन् । वार्षिक बजेट सार्वजनिक गर्नका लागि सातवटै प्रदेश संसद बैठक आज बस्दैछ ।


केन्द्र सरकारले जेठ १५ मा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान छ । प्रदेश सरकारहरुले कृषि, पर्यटन, सडक, खानेपानीलगायतलाई बजेटको प्राथमिकता बनाएका छन् । सातवटै प्रदेशको कूल बजेट करिब २ खर्ब ५४ अर्बको हुने बताइएको छ ।


स्रोतका अनुसार प्रदेश १ को बजेट करिव ४२ अर्ब, प्रदेश २ को करिब ३५ अर्ब, प्रदेश ३ को ४८ देखि ५० अर्ब, गण्डकी प्रदेशको ३२ अर्ब, प्रदेश ५ को करिब ३४ अर्ब, कर्णाली प्रदेशको ३३ अर्ब तथा सुदुर पश्चिम प्रदेशको २९ अर्ब बढीको बजेट सार्वजनीक हुने भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।