ताजा अपडेट »

राइड सेरिङ्ग : युवाका लागि आयस्रोतको माध्यम बन्न सक्दछ

मंगलबार, २४ चैत्र २०७७, १७ : ५८
16 Shares



उमेर बढ्ने क्रमसँगै हरेक युवावर्गलाई आर्थिक पक्षहरुले सताउन थाल्छन् । नेपाली समाजमा पनि, पछिल्लो समय युवा पुस्ताहरुमा बाआमा र परिवारको सहयोग (आर्थिक) भन्दा पनि आफै आत्मनिर्भर हुनुपर्छ भन्ने धारणा विस्तारै विकसित हुँदै गएको पाइन्छ । जुन आफैमा सकारात्मक पक्ष हो । सामान्यतया आफ्नो पकेट खर्च आफै जुटाउन युवाहरु अध्ययन सँगै विभिन्न सँस्थाहरुमा इन्र्टनसिप गर्ने । साथिहरुसँग मिलेर व्यवसाय सुरुवात, अन्य पार्ट टाइम काम सँगै विभिन्न सृजनशिल आयमुलक काममा जोडिदै छन् । कति त्यस्ता अवसरका खोजिमा छन् । केहि वर्ष यता युवावर्गहरुको राइड सेरिङ्गका माध्यमबाट आयआर्जनमा जोडिदै छन् । आज राइड सेरिङ्गको माध्यममा पछिल्लो समय पठाओ र टुटल निजि सेवादायीक प्लेटफार्म रहेका छन् ।

राइड सेरिङ्ग भन्नाले आफ्नो गाडी (मोटरसाइकल, ट्याक्सी) राइड सेयरिङका माध्यमबाट निश्चित भाडामा लगाउने लाई बुझिन्छ । राइड सेरिङ्ग जस्तामाध्यमहरु पनि आर्थिक आयआर्जन गर्न सकिने विकल्पका रुपमा विकसित भएका छन् । आज कति युवाहरु राइड सेरिङ्ग चालकका रुपमा आफ्नो साधन विशेषत मोटरसाइकल सयर राइडिङ्ग सेवा माफर््त आर्थिक रुपमा जोडिदैछन् । राइड सेयरिङका माध्यमबाट खाली समयमा उपयोग गर्दै उनीहरु आत्मानिर्भर बन्दैछन् । मनोज (नाम परिवर्तन), एक विद्यार्थी हुन, जो किर्तिपुरमा बस्छन् । केहि वर्षअघि उनलाई उनका परिवारले कलेज जानको लागि मोटरसाइकल किनिदिएका थिए । पहिला उनी कलेजपछि खालि समयमा साथिहरुसँग विभिन्न ठाउँमा घुमेर समय बिताउथ्ये । पकेटमनि, इन्धन तथा मर्मतकालागि छुट्टै घरमा पैसा माग्नु पर्थेयो तर अहिले उनी कलेज सकिए पछि र छुट्टिको बेला यसकाममा व्यस्त हुन्छन् । सेवा सँगै पैसा पनि कमाउन पाउँदा खुसिरहेको बताउछन् । हाल आफ्नो खर्च कटाएर पनि घरमा सहयोग गर्ने गरेको बताउछन् । पैसा कमाउन थाले पछि पैसा र समयको महत्वपनि बुझेको उनले थप उल्लेख गरे ।

त्यस्तै विदेश बसेर फकिएका मदन (नाम परिवर्तन) ले यस पेशाका माध्यमबाट राम्रै आम्दानी गर्ने गरेकोले अब विदेश नफरकिने सुनाए । आज यसमा दशौ हजार राइडरहरु जोडिएका छन् । उमेरका हिसाबले २१ देखि ४५ वर्षसम्मका रहेका छन् । त्यसमा विद्यार्थी, अवकाश प्राप्त, विदेशबाट फर्किएका अन्य पेशामा आबद्ध राइडरहरु रहेका छन् । विद्यार्थीमा उच्च शिक्षा हासिल, गर्दै गरेका रहेका छन् । अझ लकडाउन पछि रोजगारी गुमाएका, जो सँग आफ्नो मोटरसाइकल छ, चलाउने लाइसन छ उनीहरु जोडिने क्रम तिब्र छ । अपिस जस्तो निश्चित समय नहुने भएकाले कतिले यसैलाई पार्ट टाइमका जोडिएर अन्य समय आफ्नो मुख्य उदेश्यमा केन्द्रित भएको पनि पाइन्छ । दिपक (नाम परिवर्तन) जो प्रभेट केवल कम्पनीमा काम गर्ने गर्छन तर उनले बिहान र बेलुका सेयर राइडिङ्ग सेवामार्फत थप आम्दामीको स्रोतका कारण कठमाण्डौमा परिवारसँग बस्न सहज भएको बताउछन् ।

हरेक बर्ष नेपालको श्रम बजारमा लाखौ युवाहरु आउने गर्छन । सिमित रोजगारीका कारणले अधिकांश श्रमिकहरु पलायन हुन बाध्य छन् । लकडाउन अघि प्रतिदिन नेपालको अन्तराष्ट्रिय विमानस्थबाट लगभग १५ सय विदेशिने तथ्याङ्क रहेको पाइन्छ । तर कोरोनाका कारणले वैदेशिक रोजगारीमा धेरैको रोजगारी गुमेको छ । सरकारका रोजगार सम्बन्धि उचित नितिनियमको अभाव तथा फितलो कार्यान्वयन कारण नेपाली बजारमा प्राप्त मात्रमा रोजगारी सृजना हुनसकिरहेको छैन् । राष्ट्रिय युवा परिषदको ऐन, २०७२ र युवा नीति २०७२ ले १६ वर्ष देखि ४० वर्ष सम्मको उमेर समुहलार्इृ युवा भनेर परिभाषित गरेको छ । जुन नेपालको जनसख्याको ४०.३५ प्रतिशत हुन आउछ । यसको केहि प्रतिशत युवा यस क्षेत्रमा आवद्ध हुन सके, त्यो व्यक्ति, परिवार राष्ट्रकालागि फाइदाजनक हुन सक्छ । बरु राष्ट्रले कसरी उनिहरुलाई विभिन्न सेवासुविधा दिएर जोड्न सकिन्छ त्यस तर्फ ध्यान दिन जरुरी देखिन्छ ।

पठाओको कुरा गनु पर्दा २०१५ देखि बङ्लादेशमा र २०१८ देखि नेपालमा सुरुवात भएको देखिन्छ । टुटल पनि केहि वर्ष अघि देखि सेवा प्रदान गरिरहेछ । यिनिहरुका ट्याक्सी सेवा भएतापनि बढिमात्रमा मोटरसाइकल मार्फत सेवा प्रदान गरिरहेका छन् । सेवाग्राहीहरुलाई छिटोछरितोको लागि पनि मोटरसाइकल भाडामा सहज र सजिलो भएकाले यसको सेवा लिनेको संख्या दिनप्रतिदिन बढ्दैछ । नविन (नाम परिवर्तन) हतार हुँदा पठाओ वा टुटल प्रयोग गर्ने गर्छन । उनका अनुसार अन्य साधन रिजार्व भन्दा कम बजेटमा, छिटोछरितो रुपमा आफ्नो ठाउँमा पुग्न सकिने भएकोले साथै कोरोना पछि भिडभाडमा यात्रा गर्नु भन्दा सार्वजनिक यातायात भन्दा अल्लि बढि भाँडा लागे पनि यसको सेवा लिइरहेको बताउँछन् ।

सेयर राइडिङ्ग सेवा पनि आर्थिक आय आर्जनको वैकल्पिक स्रोत हुँदाहुदै पनि यसका आफ्नै कमिकमजोरी रहेका छन् । केहिदिन अघि ट्याक्सी चालकले राइडरलाई कुटेको समाचार विभिन्न सन्चार माध्यमबाट आए । त्यस पछि सरकारको निणर्य भन्दै थप विभन्न भ्रमपुर्ण समाचार आए, जसले राइडर र सेवाग्रहीलाई अन्यौलमा पा¥यो । यस्ता समाचार, घटनाहरु पहिला पनि भएका थिए । तर यस्ता घटनाहरु बिचबिचमा दोहरिनु दुःखत विषय हो । सार्वजनिक यातायातको नीतिनियम, राइड सेरिङ्ग सञ्चालन गरिरहेका कम्पनिहरु सञ्चालन साथै सरकारको ठोस नितिमा केहि विवाद देखिन्छ । सबैका आ–आफ्ना तर्क होलान । ति समस्याहरुलाई विभिन्न सम्बन्धित निकायहरुले छलफलका माध्यमबाट समस्याको समाधान खोज्न आवश्यक छ । सबैको साझा विन्दु निमार्ण गर्न जरुरी छ ।

कसैको कारण कसैलाई बढि क्षति नहोस । आज यस सेवा मार्फत ट्याक्सी व्यवसायलाई प्रत्येक्ष असर पुगिरहेको, पेशामा संकट पर्न थालेका गुनासाहरु आइरहेका छन् । ग्राहकका लागि प्रतिस्पर्धा हुने गरेको पाइन्छ । यी विवादले आपसी झगडा, कुटपिट जस्ता घटनाहरु घट्ने गरेका छन् । समयमा समाधान गर्न नसकिए अझ विवाद बढ्ने देखिन्छ । ट्याक्सीबाला र पठाओ, टुटलले एकआर्कालाई प्रतिस्पर्धीको रुपमा हेर्दा, व्यवहार गर्दा दुबैलाई असर गर्ने देखिन्छ । एस मार्फत चालक र सेवा लिन चाहने यात्रुको विवरण राखिएता पनि कहिलेकाहि गलत नियतका चालक तथा यात्रुका कारण आर्को पक्षलाई क्षति हुन सक्छ । त्यसका लागि को जिम्मेवार हुने । त्यस्तै दुर्घटना, त्यसको क्ष्तिपूर्ति कसले व्यवहरर्ने । इन्सुरेसको व्यवस्था कस्तो हुने, जस्ता कुराहरुमा यि सेवादायी कम्पनीले स्पष्ट पार्न आवश्यक छ । साथै राज्यले स्पष्ट नितिका माध्यमबाट आफ्नो नियन्त्रणमा ल्याई निगरार्नी गर्न आवश्यक छ ।

राइड सेरिङ्ग जस्ता प्लेट फार्मको माध्यमबाट धेरै युवाहरुले आर्थिक आयको वैकल्पित माध्यम बनाएका छन् । त्यससँग चालक वा सेवा ग्राहकहरु प्रत्येक्ष रुपमा जोडिएका छन् । चालक र सेवाग्राहीको रुपमा जोडि रहर्दा सबैको सुरक्षाको ग्यारान्टिहुन जरुरी हुन्छ । त्यसका लागि सेवाप्रदायीक कम्पनीहरु जिम्मेवार हुन जरुरी छ । यस सेवालाई थप व्यवस्थित गराउदै लैजान आवश्यक छ । आज यस क्षेत्रमा जोडिदै गर्दा सुरक्षा, सेवासुविधा जस्ता विषय चालक र यात्रुको अधिकार हो, भने कम्पनिको कर्तव्य हो । नेपाल सरकारले पनि त्यस्ता कम्पनिहरुलाई जति कम्पनि जिम्मेवार हुन्छ, सेवा सुविधा बढ्छ, त्यति नै यात्रुहरुको विश्वास बढ्छ । यात्रुको विश्वास बढ्नु भनेको नै चालकले धेरै यात्रु पाउनु पनि हो, जुन थप आय बढाउने माध्यमपनि हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।