April 20, 2021, Tuesday
७ बैशाख २०७८, मंगलवार

अर्घाखाँचीमा डबल क्याप जीप दुर्घटना, १ जना घाइते

564

बुटवल । अर्घाखाँचीमा डबल क्याप जीप दुर्घटना हुँदा १ जना घाइते भएका छन् । सालझण्डीदेखि सन्धिखर्क जाँदै गरेको २ च १८९७ नम्बरको डबल क्याप जीप शुक्रबार दिउँसो पाणिनी गाउँपालिका –२ पोखराथोकको रजौसामा दुर्घटना हुँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी छत्रदेव गाउँपालिका –४ का ३७ वर्षीय बसन्त श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको र थप उपचारका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र उक्त गाडीमा ३ जना सवार रहेका थिए । अन्य २ जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।


Deprecated: WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/globalaawaj/public_html/wp-includes/functions.php on line 5145

पछिल्लो अपडेट